
झापा- झापाको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालका एकजना बालरोग विशेषज्ञ र अर्का एकजना क्यान्सर वार्डमा काम गर्ने नर्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार प्राप्त रिपोर्टमा उनीहरूमा संक्रमण देखिएको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूका संक्रमण पुष्टि भएको हो।
यस अघि बिएण्डी अस्पतालका एक जना चिकित्सकसहित १२ जनामा संक्रमण पुष्टि भएको थियो।