
बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालमा यही भदौ १४ गते भर्ना भएका ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार ती पुरुषमा स्वासप्रश्वास र ज्वरोको समस्या थियो। अरु दीर्घरोग नभएपनि अवस्था चिन्ताजनक बन्दै गएपछि गएराती १२ः३० बजे मृत्यु भएको गौतमले जनाए।