क्रिकेट खेलाडीको ‘हचुवा’ वर्गिकरण, खेल्दै नखेलेका बसन्तलाई बढुवा गरेर ग्रेड ‘ए’

क्रिकेट खेलाडीको ‘हचुवा’ वर्गिकरण, खेल्दै नखेलेका बसन्तलाई बढुवा गरेर ग्रेड ‘ए’
+
-

काठमाडौँ – सन् २०१९ का लागि भएको क्रिकेट खेलाडीको सेन्ट्रल कट्रयाक्टमा अनुभवी क्रिकेटर बसन्त रेग्मी ग्रेड बीमा थिए। ललित नारायण राजवंशीलाई  बी ग्रेडमा राखिएको थियो। बसन्तले सन् २०१९ का अधिकांश प्रतियोगिता खेलेनन् ।

सन् २०१९ मा नेपालले खेलेका अन्तिम दुई क्रिकेट प्रतियोगिता एसीसी इमर्जिङ टिम्स कप र दक्षिण एसियाली खेलकुद-साग दुवैमा बसन्त थिएनन्। यी दुवै प्रतियोगिता ललितले खेलेका थिए। बसन्तले सन् २०२० का प्रतियोगिताहरु पनि खेलेका छैनन्।

ललित नियमितजसो टोलीमा छन्। सन् २०२० का लागि सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीको सूचीमा बसन्त छन् तर ललित छैनन्। त्यसमा पनि आश्चर्यजनक के छ भने बसन्तलाई एक श्रेणी बढुवा गरेर ए श्रेणीमा पुर्‍याइएको छ। सन् २०२० का केवल तीन महिना मात्र बाँकी रहेका बेला  नेपाल क्रिकेट संघ-क्यानको मंगलबार बसेको बोर्ड बैठकले सेन्ट्रल कन्ट्र्याक्टमा पर्ने खेलाडी तय गरेको छ, जसमा ललितको नाम छैन।

अर्को आश्चर्य के छ भने सन् २०१९ मा कुनै प्रतियोगिता नखेलेका सुबास खकुरेललाई सन् २०२० को लागि सेन्ट्रल कन्ट्रयाक्टमा सामेल गरिएको छ। खेलाडीलाई वर्गिकरण गर्न क्यानले केहि समयअघि रोशन सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो। त्यही समितिले पेश गरेको सूचिलाई मंगलबारको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको थियो। ‘एक्कासी बोर्ड बैठकमा सूचि प्रस्तुत भयो। तर कुनै छलफल नभई पारित भयो’, बैठकका एक सहभागीले भने।

अध्यक्षसहित उच्च पदाधिकारीको रुची अनुसार भागबण्डाका आधारमा खेलाडीको वर्गिकरण भएको उनको आरोप छ। क्यानले सन् २०२० का लागि १८ जना पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्ने निर्णय गरेको छ। ग्रेड एका खेलाडीले मासिक ५० हजार, ग्रेड बीका खेलाडीले मासिक ४० हजार र ग्रेड सीका खेलाडीले मासिक ३० हजार रुपैयाँ पाउने छन्।

यसैगरि १९ जना महिला खेलाडीलाई पनि सेन्ट्रल कन्ट्र्याक्टमा राख्ने निर्णय भएको छ। अहिलेसम्म राष्ट्रिय टोलीबाट नखेलेकी कविता जोशीलाई पनि सेन्ट्रल कन्ट्रयाक्टमा राखिएको छ। महिलातर्फ ग्रेड एका खेलाडीले मासिक १५ हजार, बी ग्रेडले मासिक १२ हजार र सी ग्रेडले मासिक १० हजार रुपैयाँ भत्ता पाउनेछन्। सन् २०१९ का लागि २२ पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?