पाल्पामा पहिरोले तीनवटा घर पुर्‍यो, गर्भवतीसहित ६ जना बेपत्ता

पाल्पामा पहिरोले तीनवटा घर पुर्‍यो, गर्भवतीसहित ६ जना बेपत्ता
+
-

बुटवल – पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले तीनवटा घर पुर्दा ६ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले घर पुर्दा सुतिरहेका पाँचजना बेपत्ता भएका हुन् ।

हुमबहादुर गाहा र मनबहादुर गाहाको घरमा सुतिरहेका पाँचजना सम्पर्कबिहीन छन्। अरु तीनजनाले भने भागेर ज्यान जोगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले पहिरोले घर पुरेर पाँचजना बेपत्ता भएको जनाए।

यस्तै फोक्सिङ्कोटकै सुरुमडाँडामा एकजना गर्भवती महिला पहिरोमा बेपत्ता भएकी छन्। पहिरोले घर पुर्दा उनी बेपत्ता भएकी हुन् ।

उनका श्रीमानले भने भागेर ज्यान जोगाएका छन्। निरन्तर पानी परिरहेकाले उद्धारमा समस्या भएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?