बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडानको संख्या बढ्दै, २४ दिनमा ९९ वटा उडान हुने

बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडानको संख्या बढ्दै, २४ दिनमा ९९ वटा उडान हुने
+
-

काठमाडौं- विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन नियमित हवाई उडानको संख्या बढाउन दबाब परिरहेका बेला नागरिक उड्डयन प्राधिकरणले अक्टोबर १ देखि २४ तारिखसम्मका लागि नियमित उडान गर्ने विमानको उडान तालिका तय गरेको छ।

२४ दिनमा नेपालका लागि ९९ वटा नियमित अन्तर्राष्ट्रिय उडान हुनेछ। एयर अरेबियाले नेपालका लागि शारजहाबाट हरेक साता  सातवटा वटा उडान भर्ने छ।

यसैगरि एयर चाइना हरेक शनिबार चीनको छेङ्दुबाट नेपाल आउने छ।चाइना साउदर्न शुक्रबार गोन्जाउबाट आउने छ।फ्लाई दुबईले दुबईबाट  हरेक साता सातवटा उडान भर्नेछ।

हिमालयन एयरलाइन्सले दोहा र आबुधावीबाट  हरेक साता ७/७ वटा उडान भर्ने छ। फ्लाई दुबई र हिमालयन एयरलाइन्सले यी तीनवटै ठाउँबाट हरेक दिन उडान गर्नेछन्। यसैगरि हिमालयनले क्वालालाम्पुरबाट साताको पाँच दिन जम्मा पाँचवटा उडान गर्ने छ।

उसले चीनको चोङक्विङबाट साताको एउटा उडान गर्ने छ। कुवेतबाट जजिरा एयरलाइन्सले हरेक सातासातवटा उडान भर्ने छ। उसले हरेक दिन उडान गर्ने छ। कोरियन एयरले सोलबाट साताको चार दिन चारवटा उडान गर्ने छ।

मलेसियन एयरलाइन्सले क्वालालाम्पुरबाट साताको चार दिन चारवटा उडान गर्ने छ। मालिन्दो एयरले क्वालालाम्पुरबाट साताको ६ दिन सातवटा उडान गर्ने छ।

नेपाल एयरलाइन्सले सातामा हङकङबाट दुई वटा, दोहाबाट सातवटा, क्वालालाम्पुरबाट ६ वटा, दुबईबाट ७ वटा, नारिताबाट दुई वटा र ग्वान्जाउबाट एउटा उडान गर्ने छ।

यसैगरि कतार एयरवेजले सातामा दोहाबाट सातवटा, सलाम एयरले मस्कटबाट पाँचवटा र टर्किस एयरलाइन्सले इस्तानबुलबाट तीनवटा उडान गर्ने छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले परिस्थितीको मुल्याङ्कन गरी अक्टोबर २४ तारिखपछि अर्को उडान तालिका सार्वजनिक हुने बताए। पर्याप्त उडान संख्या नहुँदा विदेशमा नेपालीहरु अलपत्र रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?