विकास निर्माणका काम बेहाल, बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्षलाई ७० लाखको गाडी

विकास निर्माणका काम बेहाल, बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्षलाई ७० लाखको गाडी
+
-

झापा – गाउँपालिका क्षेत्र भित्रका निर्माणका काम बेहालको अवस्थामा रहेका बेला बुद्धशान्ति गाउँपालिकाले उपाध्यक्ष मीरा भूर्तेलका लागि भन्दै ७० लाखको गाडी खरिद गरेको छ।

जनतालाई प्रत्यक्ष रुपमा विकासको अनुभूति दिलाउन निर्वाचित भएका केही जनप्रतिनिधीहरु सबैभन्दा पहिले आफ्नै सेवा सुविधा थप्नमा तल्लिन भएका हुन्।

बुद्धशान्ति गाउँपालिकाका केही वडामा अहिले पनि सडक मर्मत भएका छैनन्। केही महिनाअघि सडक मर्मतकै विषयमा वडा नम्बर २ को कार्यालयमा तालाबन्दीसमेत गरिएको थियो।

वर्षायाममा शान्तिनगरका अधिकांश सडक अवरुद्ध हुन्छन्। यस्तै होक्से, भोटेटार, जयपुर लगायतका भित्री बाटामा अझै ग्राभेल समेत हुन सकेको छैन। विकास निर्माणको यस्तो अवस्थालाई नजर अन्दाज गर्दै बुद्धशान्ति गाउँपालिकाले एउटा गाडी हुँदाहुँदै करिब ७० लाखको नयाँ गाडी थपेको हो।

गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आवश्यक भएकैले अर्को गाडी थपेको बताए। धेरै गाउँपालिकाका उपाध्यक्ष दुई पांग्रे सवारी साधनमा गुडिरहेका बेला आय स्रोत न्यून भएको बुद्धशान्ति गाउँपालिकाले त्यत्रो महंगो गाडी किन किनेको? जवाफमा अध्यक्ष भुजेलले भने, ‘ हाम्रा जुनसुकै बाटामा स्कुटी पुग्न सक्दैन। बाइक पनि पुग्न सक्दैन। अनुगमनमा जानका लागि पनि गाडी त चाहियो।’

तर स्कुटी र बाइक पनि नपुग्ने स्थानमा गाडी कसरी पुग्न सक्छ? अध्यक्ष भुजेलको जवाफ कुनै तुक थिएन। उपाध्यक्ष मीरा भूर्तेलको प्रयोजनका लागि करिब ७० लाख बराबरको नयाँ एस ११ स्कर्पियो किन्ने निर्णय भएको भुजेलले बताए।

बिर्तामोडको सकुशल ट्रेड लिंकबाट खरिद गरिएको सवारी साधनका लागि गाउँसभाबाट ५५ लाख र अध्यक्ष तथा उपाध्यक्ष मातहतमा रहने आन्तरिक कोषबाट १२ लाख थप गरी ६६ लाख ८० हजार रुपैयाँमा गाडी खरिद गर्ने सम्झौता भएको बुझिएको छ।

जनताको काम गर्नका लागि निर्वाचित जनप्रतिनिधिले जनतासित प्रत्यक्ष सरोकार राख्ने विषय भन्दा पनि आफैंलाई सुविधायुक्त गाडी थप्नेतर्फ बढी चासो दिएको भन्दै स्थानीयस्तरमा व्यापक आलोचना भइरहेको छ।

मुलुकका केही गाउँपालिका तथा नगरपालिकाका अध्यक्षरउपाध्यक्षहरुले गाडी खरिद गर्ने शीर्षकको रकम प्राविधिक क्याम्पस खोल्न तथा एम्बुलेन्स, दमकल खरिद गर्न खर्च गर्ने गरेको उदाहरणीय समाचार बारम्बार आइरहे पनि बुद्धशान्तिमा भने यसको विपरीत काम भएको छ।

केही जन प्रतिनिधि भने गाडी खरिद प्रक्रिया गाउँपालिका सभाले गरेकोले यसको जिम्मेवारी पनि उसकै भएको बताउँछन्।

एउटा गाडी हुँदाहुँदै कार्यपालिकाको बैठकले अर्को गाडी किन्ने निर्णयप्रति जनप्रतिनिधि नै असन्तुष्ट छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष