प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा रुपन्देहीमा चर्कियो आन्दोलन

प्रदेश राजधानी सार्ने निर्णयको विरोधमा रुपन्देहीमा चर्कियो आन्दोलन
+
-

बुटवल- प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्तावको विरुद्धमा रुपन्देहीमा आन्दोलन चर्किन थालेको छ। शुक्रबार सरकारको तर्फबाट सदनमा प्रस्ताव पेश भएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस, रुपन्देहीका स्थानीय तह, रुपन्देहीका सामाजिक संघसंस्थाहरुले प्रस्तावको विरोध जनाएका छन्।

कांग्रेसका चरणवद्ध कार्यक्रम


प्रमुख प्रतिपक्षी दल कांग्रेसले शनिबार बेलुका रुपन्देहीमा मसाल जुलुस गरेको छ। रुपन्देहीका स्थानीय तहहरुमा मसाल जुलुस गर्दै कांग्रेसले प्रस्ताव फिर्ता लिन माग गरेको छ।

रुपन्देही कांग्रेसका अनुसार स्थानीय तहहरुमा कांग्रेसका पालिकास्तरका समिति र भ्रातृ संगठनले विरोधका कार्यक्रम गरेका छन्। बुटवलमा भएको मसाल जुलुस कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले प्रदेश सरकारले प्रस्ताव फिर्ता नलिए आन्दोलन जारी राख्ने बताए।

कांग्रेसले आइतबार रुपन्देही बन्द र सोमबार प्रदेश सभा घेराउसम्मका कार्यक्रम सार्वजनिक गरेको छ भने संघसंस्थाहरुले पनि विरोध प्रदर्शन र प्रदेश सभा घेराउका कार्यक्रम सार्वजनिक गरेका छन्।

स्थानीय तहहरुको मागः रुपन्देहीलाई नै स्थायी राजधानी घोषणा गर


स्थानीय तहहरुले प्रदेश सरकारलाई प्रस्ताव फिर्ता लिएर रुपन्देहीलाई स्थायी राजधानी घोषणा गर्न माग गरेका छन्। रुपन्देहीका स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको बैठकले प्रशासनिक र जनसंख्याका दृष्टिले रुपन्देही नै उपयुक्त रहेको भन्दै प्रदेश सभामा पेश भएको प्रस्ताव फिर्ता लिन माग गरेका हुन्।

बुटवल उपमहानगरपालिकामा बसेको बैठकमा बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी, कञ्चन, सियारी, गैडहवा, रोहिणी, मर्चवारीलगायतका स्थानीय तहका प्रमुख/उपप्रमुख तथा प्रतिनिधि सहभागी थिए।

उनीहरुले रुपन्देहीमा पूर्वाधारका हिसाबले गरिएको लगानी र यस क्षेत्रका संघसंस्थाहरुसमेतले प्रदेशको संरचना निर्माणमा गरेको योगदानको कदर गर्न समेत माग गरेका छन्।

संघसंस्था एकजुट भएर आन्दोलनमा


शनिबार बुटवल उद्योग बाणिज्य संघमा बसेको रुपन्देहीका व्यवसायिक संघसंस्थाहरुको सञ्जालको बैठकले सरकारले पेश गरेको निर्णयको विरोध गर्दै सरकारलाई फिर्ता गर्न दवाव सिर्जना गर्नका लागि संघर्ष समिति समेत गठन गरेको छ। बैठकले बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालको संयोजकत्वमा १५ सदस्यीय संघष समिति गठन गरेको हो।

संघर्ष समितिको सदस्यहरुमा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, मणिमुकुन्द उधान समितिका अध्यक्ष खेमप्रसाद लुईटेल, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टंकप्रसाद पोखरेल, औषधि व्यवसायी महासंघका बाबुराम भट्टराई, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कँडेल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानिधी भण्डारी, नेपाल उद्योग व्यापार संगठनका नारायण भण्डारी र कोषबहादुर गुरुङ रहेका छन्।

बैठकले आइतबार बिहान बुटवलमा विरोध र्‍याली प्रदर्शन गर्ने तथा दिउँसो मुख्यमन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको छ। त्यस्तै गरी सोमबार बस्ने प्रदेश सभा बैठकलाई प्रभावित पार्नेगरी संसद भवन अगाडी प्रदर्शन गर्ने र्काक्रम तय गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले जानकारी दिए।

त्यस्तै सोमबार नै प्रदेश ५ मा पर्ने साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द गर्न सञ्जालले आह्वान गरेको छ। त्यस्तै संघसंस्थाहरुले आह्वान गरेका बिरोधका कार्यक्रममा साथ सहयोग गर्नका लागि समेत उद्योगी व्यवसायी तथा आम सर्वसाधारणलाई आह्वान गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?