निषेधाज्ञा ताेडेर बुटवलमा प्रदर्शन, बन्दका कारण जनजीवन ठप्प

निषेधाज्ञा ताेडेर बुटवलमा प्रदर्शन, बन्दका कारण जनजीवन ठप्प
+
-

बुटवल – प्रदेश ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा रुपन्देहीमा कांग्रेसले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ।

कांग्रेस रुपन्देहीले आह्वान गरेको बन्दसँगै बुटवलका संघसंस्थाहरुको आह्वानमा आइतबार बिहानैदेखि विरोध प्रदर्शन भइरहेको छ।

कांग्रेस कार्यकर्ताहरु चोकचोकमा बसेर प्रस्तावको विरुद्धमा नाराबाजी गरिरहेका छन् भने टायर बालेर प्रदर्शन गरेका छन्।

बिहान रुपन्देहीका संघसंस्थाहरुको संयुक्त सञ्जालले बुटवलमा प्रदर्शन गरेको छ। बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, नेपाल उद्योग परिसंघका एजाज आलम, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले बुटवल नै राजधानी उपयुक्त रहेको भन्दै सासंदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न आग्रह गरेका थिए।

उनीहरुले प्रदेश सरकारले रुपन्देहीबासीको भावनामाथि खेलवाड गर्दै असहज परिस्थितिमा राजधानी सार्ने प्रस्ताव ल्याएर गलत गरेको बताए।

उनीहरुले दाङलाई राजधानी बनाउन त्यस क्षेत्रका नेताहरु खुलेर लाग्दा रुपन्देहीलाई राजधानी बनाउनका लागि यस क्षेत्रका सांसद खुल्न नसकेकोमा आपत्ति जनाएका थिए।

व्यवसायीहरुकै आह्वानमा दिउँसो ३ बजेपछि बुटवलमै प्रदर्शनको तयारी गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?