भालुवाङ राजधानी राख्ने प्रस्तावको विरोधमा कांग्रेसले गर्‍यो प्रदेश ५ संसद अवरोध

भालुवाङ राजधानी राख्ने प्रस्तावको विरोधमा कांग्रेसले गर्‍यो प्रदेश ५ संसद अवरोध
+
-

बुटवल – प्रदेश सभामा सरकारले पेश गरेको स्थायी राजधानी तोक्ने प्रस्तावको विरोधमा प्रतिपक्षी दल कांग्रेसले प्रदेश सभा बैठकमा अवरोध गरेको छ।

बैठक शुरु भएलगत्तै कांग्रेस र जनता समाजवादी दलका सांसदहरुले रोष्ट्रम घेराउ गर्दै सदन अवरोध गरेका हुन्। अवरोधपछि बैठक स्थगित भएको छ।

सदन अवरोध गर्दै विपक्षी दल नेपाली कांग्रेसका नेता विरेन्द्रपसाद कनौडियाले मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको बुइ चढेर तानाशाही ढंगले प्रस्ताव ल्याएको आरोप लगाए।

उनले राजधानी जस्तो प्रस्ताव सहमतिमा आउनुपर्नेमा निषेधित क्षेत्र घोषणा गरेर आन्दोलनकारीलाई पक्राउ गरेर ल्याउने तानाशाही भएको उल्लेख गरे।

सहमतिबाट राजधानीको निकास निकाल्न तयार हुँदाहुँदै सरकारले २ तिहाइको बलमा एकलौटी तरिकाले प्रस्ताव ल्याएको उनको आरोप थियो।

‘राजनीति सहमतिबाट निकास निकालौं सहयोग गर्न तयार छौं’(उनले मुख्यमन्त्रीलाई भने(‘२ तिहाइ बहुमतले पेलेर लैजाने काम नगर्नुहोस । प्रधानमन्त्रीको बुइ र बैशाखी चढेर प्रस्ताव ल्याएकोमा हाम्रो आपत्ति छ, उनले भने।

कनौडियाले रुपन्देही जस्तो पूर्वाधार र संरचना भएको ठाउँ छोडेर अरबौं खर्च गर्न नयाँ ठाउँमा राजधानी बनाउने औचित्य के हो भनी प्रश्न गरे।

राजधानी ख्याल ठट्टाको विषय नभएको भन्दै उनले नयाँ ठाउँमा होटल रिसोर्ट मात्र खोल्न सकिने बताए। कनौडिया बोलेलगत्तै नेपाली कांग्रेस र जनता समाजवादीका सांसदले नाराबाजी गरेका थिए।

प्रदेश सरकारले शुक्रबार प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव पेश गरेको थियो। नामका विषयमा विवाद भए पनि प्रदेशको नाम लुम्बिनी राख्ने विषयमा दलहरु एक मत छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?