नेकपा कर्णालीकी नयाँ सचेतकले बोलाइन् कात्तिक ७ गते संसदीय दलको बैठक

नेकपा कर्णालीकी नयाँ सचेतकले बोलाइन् कात्तिक ७ गते संसदीय दलको बैठक
+
-

काठमाडौँ- आफ्ना दलका १८ जना सांसदले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपनि संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाफजंग शाहलाई हटाएर नियुक्त गरेका नेकपा कर्णाली संसदीय दलकी मुख्य सचेतक सीता नेपालीले आगामी कात्तिक ७ गते संसदीय दलको बैठक बोलाएकी छिन्।

मुख्यमन्त्री शाहीले सोमबार आफूबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै संसदीय दलका प्रमख सचेतक शाहलाई निलम्बन गरी उनको उत्तराधिकारीमा नेपालीलाई नियुक्त गरेका थिए।

शाहले अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि आइतबारदेखिनै मुख्यमन्त्री शाहीका कामकारवाही र निर्णयहरु अवैधानिक हुने भन्दै आफूले तय गरेको बैठक पूर्वनिर्धारित समय मगंलबारनै हुने बताएका बेला नेपालीले आगामी कार्तिक ७ गते बैठक बोलाएकी हुन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीनिकट मानिएका शाहले बोलाएको बैठकबाट आफू हट्ने देखिएपछि मुख्यमन्त्री शाहीले शाहलाई त्यसअघिनै लिनम्बन गरेको बुझिएको छ।

पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच उत्पन्न चार महिना लामो विवाद अन्त्य भएको एक महिना नपुग्दै नेकपा कर्णालीमा अर्को किसिमको विवाद उत्पन्न भएको हो।

मुख्यमन्त्रीको कार्यशैलीका कारण सरकार र पार्टी दुबैको बदनाम भएको भन्दै पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ जना गरी कर्णाली प्रदेशका १८ जना सांसदले आइतबार संसदीय दलमा मुख्यमन्त्री शाहीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। त्यसलगत्तै संसदीय दलका प्रमुख सचेतक शाहले मगंलबारका लागि संसदीय दलको बैठक बोलाएका थिए।

कर्णालीमा उत्पन्न नेकपाको आन्तरिक विवादलाई लिएर पार्टीको केन्द्रीय तहमा पनि हलचल मच्चिएको छ। अध्यक्ष दाहालले सोमबार बिहान सबैभन्दा पहिले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई खुमलटार बोलाएर आक्रोश व्यक्त गरेका थिए भने पछि पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई मात्रै बोलाएर मुख्यमन्त्री शाहीबिरुद्ध अविश्वासको दर्ता गराउने आफ्ना तीन जना कर्णालीका सांसदलाई त्यो फिर्ता लिन आग्रह गर्दै बालुवटार हानिएका थिए।

बालुवाटारमा दाहालले ओलीलाई ‘तपाईका कारण कर्णाली प्रदेशमा गडबड आएको’ आरोप लगाउँदै प्रदेशमा हस्तक्षप गरी समस्या समाधान गर्न आग्र गरेका थिए। तर ओलीले कर्णाली प्रदेशमा विकसित घटनामा आफ्नो कुनै भूमिका नरहेको भन्दै आफ्नो बचाउ गरेका थिए।

यता नेपालीले अविश्वासको प्रस्ताव दर्ता हुँदैमा दलका नेतालाई अवैधानिक मान्न नमिल्ने भन्दै मुख्यमन्त्री शाहीको बचाउ गरेकी छन्। उनले देशसञ्चारसँग भनिन,‘ अविश्वासको प्रस्ताव दर्ता मात्रै भएको हो। दलका नेता पदबाट हटाउनलाई निर्णय भएको होइन।’

यस्तै उनले आफूले दलका नेताबाट प्रमुख सचेतकको जिम्मेवारी पाएकाले अविश्वासको प्रस्ताव दर्ता भएको १५ दिनभित्र बैठक बोलाउने विधानको नियमअनुसार आफूले कार्तिक सात गते संसदीय दलको बैठक बोलाएको बताइन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष