गुलावजंगको गुमेको पद फिर्ताका लागि ओली एक्लैको मुख्यमन्त्रीलाई लिखित निर्देशन दिएको खुलासा

गुलावजंगको गुमेको पद फिर्ताका लागि ओली एक्लैको मुख्यमन्त्रीलाई लिखित निर्देशन  दिएको खुलासा
+
-

काठमाडौँ – नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले गुलावजंग शाहीलाई प्रमुख सचेतकबाट निलम्बन गर्ने निर्णय फिर्ताका लागि आफू एक्लैले हस्ताक्षर गरी लिखित निर्देशन दिएको खुलासा भएको छ।

शाही पक्षले आव्हान गरेको शुक्रबार बिहान ११ बजे  संसदीय दलको बैठक बस्नु भन्दा अघि केहीबेर अघि दुई दिन अघि ओलीले शाहीलाई गुलाबजंग शाहको पद फिर्ताका लागि लिखितरुपमा दिएको निर्देशन सार्वजनिक भएको हो।

पत्रमा भनिएको छ,‘अनुशासित तबरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनु भएका नेपाल कम्युनिष्ट पार्टीका नेता, प्रदेशसभा दल कर्णालीका प्रमुख सचेतक श्री गुलावजंग शाहमाथि तपाईले गरेको कारवाही फिर्ता लिन र उहाँलाई पूर्ववत प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु।’

अध्यक्ष प्रचण्डको सहमतिबिपरित ओलीले एक्लै शाहको निलम्बित पद फिर्ताका लागि लिखित निर्देशन दिएपछि यसलाई लिएर नेकपामा थप रडाको मच्चिने संकेत देखिएको छ।

यही कार्तिक चार गते ओली र प्रचण्डबीच छलफल सकिएलगत्तै प्रचण्डको सचिवालयले कर्णाली विवाद समाधानको जिम्मा प्रदेश कमिटी र संसदीय दललाई जिम्मा दिने ओलीसँग सहमति भएको दाबी गरेको थियो भने ओलीको सचिवालयले भने ओली र प्रचण्डबीच प्रमुख सचेतक शाहको पद र अविश्वासको प्रस्ताव फिर्ता गर्ने सहमति भएको दाबी गरेको थियो।

अध्यक्ष ओली र प्रचण्डबीच कर्णाली विवाद समाधानलाई लिएर मत बाझिएका बेला प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको अग्रसरतामा शुक्रबार पूर्वनिर्धारित बैठक तय गरिएको छ।

मुख्यमन्त्री शाहीबिरुद्ध अघिल्लो महिना असोज २५ गते ओली पक्षका ८, नेपाल पक्षका ७ र पूर्वमाओवादी केन्द्र पृष्ठभूमिका ३ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।

विवाद समाधानका लागि ओली र प्रचण्डले दुबै पक्षलाई काठमाडौँ बोलाएर एक्ला एक्लै र सामुहिक छलफल गरेपनि अन्तत उनीहरुले नै स्पष्ट सहमति गर्न नसक्दा कर्णालीको विवाद झन चर्किएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष