रअ प्रमुखलाई भेटेपछि पुगेको क्षति ‘कन्ट्रोल’मा सक्रिय प्रधानमन्त्री ओली

रअ प्रमुखलाई भेटेपछि पुगेको क्षति ‘कन्ट्रोल’मा सक्रिय प्रधानमन्त्री ओली
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी जासुसी संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई भेट्दा पुगेको क्षति न्यून (ड्यामेज कन्ट्रोल) गर्न आफ्ना विश्वास पात्रहरुलाई परिचालन गरेको बुझिएको छ।

स्रोतका अनुसार उनीहरु ओली र सामन्तकुमारको भेटलाई बचाउने काममा उत्रिसकेका छन्। त्यसका केही संकेतहरुसमेत सार्वजनिक भएका छन्।

चार्टर्ड विमानमा आफ्नो विशेष टोलीसहित नेपाल आएका सामन्तकुमारलाई प्रधानमन्त्री ओलीले यही असोज ५ गते राति बालुवाटारमा करिब दुई घण्टा भेटेका थिए।

कोरोना महामारीलगायत कारणले मुलुकमा संकट चुलिएका बेला प्रधानमन्त्री ओलीले सरोकारवाला निकाय र व्यक्तिहरुलाई कुनै पनि जानकारी नदिई सामन्तकुमारलाई भेटेपछि त्यसलाई लिएर विरोध चर्किएको थियो।

प्रधानमन्त्री र सामन्तकुमारबीचको भेटलाई त्यस दिन गोप्य राख्ने कोशिस गरेको प्रधानमन्त्रीको निजी सचिवालयले भोलिपल्ट बाध्य भएर त्यसबारे सूचना सार्वजनिक गरेको थियो। सचिवालयले ओली र सामन्तकुमारबीचको भेटमा नेपाल, भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरुको वार्ताद्वारा समाधान गर्ने र पारस्पारिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा सामन्तकुमारले आफ्नो धारणा राखेको दाबी गरेको थियो।

तर सीमा विवादलगायत विषयमा वार्ता गर्नका लागि दुबै मुलुकसँग अनेक संयन्त्र भएपनि तिनले प्रभावकारी काम गर्न नसकेका बेला सामन्तकुमार र ओलीबीच भएको भेटलाई लिएर अनेक कोणबाट विश्लेषण र आलोचना भएपछि ओलीले आफ्ना विश्वास पात्रहरुलाई त्यसको बचाउमा उतारेका छन्।

०००

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकार पोखरेलले ओली र सामन्तकुमारको भेटलाई लिएर गरिएको विरोधको योजना हो या नियति भन्दै प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका भनेका छन्, ‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा रअ’ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे। यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो। विरोधको योजना हो या नियति? वुझ्न गाह्रो भो। आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौँ। नेपाल र भारतबीचको सीमा समस्याको परिणाम सुखद होस् कामना गरौँ।’

यता ओलीका अर्का विश्वासपात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सामन्तकुमार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर नेपाल आएको भन्दै उनको र प्रधानमन्त्री ओलीबीचको भेटलाई बचाउ गरेका छन्।

रेडियो कान्तिपुरको ‘द हेडलाइनर्स’ मा ज्ञवालीले भनेका छन्, ‘सामन्तकुमार रअप्रमुखको हैसितमा नेपाल आउनु भएको होइन। भारतीय प्रधानमन्त्रीको दूतको रुपमा आउनु भएको हो। गत अगस्टमा १५ मा दुई प्रधानमन्त्रीबीच टेलिफोन संवाद भएको थियो। त्यो संवादमा विभिन्न माध्यमबाट छलफललाई अगाडि बढाउँदै दुई देशबीच भएका समस्याहरुलाई समाधान गर्ने र सम्बन्धलाई सुदृढ गर्दैै जाने सहमति भएको र त्यही सहमतिको सिलसिलामा भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आउनु भएको हो।’

यस्तै ज्ञवालीले प्रधानमन्त्री ओली र सामन्तकुमारबीचको भेट गोप्य र अपारदर्शी नभएको दाबी गरेका छन्। उनले परराष्ट्र मन्त्रालयले नोट लेखेर सामन्तकुमारको उडानलाई ‘क्लियरेन्स’ गरेर ओलीसँग औपचारिकरुपमा भेट गरिएको बताएका छन्।

तर ओली र सामन्तकुमारबीचको भेटलाई लिएर त्यतिबेला परराष्ट्रमन्त्रालयका उच्च अधिकारीहरुले अनविज्ञता प्रकट गरेका थिए। यो मामिला यतिञ्जेल मौन रहेका परराष्ट्रमन्त्री ज्ञवालीले हाल आएर ओली र सामन्तकुमारबीचको भेटको बचाउ गरेका हुन्।

मन्त्री ज्ञवालीको यो बचाउलाई साझा पार्टीका नेता एवं पूर्वपत्रकार रविन्द्र मिश्रले ८ महत्वपूर्ण प्रश्न गरेको गरेका छन्। सामाजिक सञ्जालमार्फत मिश्रले त्यसो हो भने त्यति हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी किन नदिएको? भन्ने प्रश्न गरेका छन्।

यस्तै उनले युद्धको अवस्थामा भए भिन्दै कुरा, तर अहिलेको सामान्य अवस्थामा भारतीय प्रधामन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई, अलिअलिमात्र होइन, पूर्णरुपमा हेपेको हो कि होइन? भन्ने प्रश्नसमेत गरेका छन्।

नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो कि होइन?’ भन्ने मिश्रको अर्को प्रश्न छ।

परराष्ट्र मन्त्रालय मात्रै होइन आफ्नै पार्टी नेकपाका शीर्ष नेताहरुलाई जानकारी नगराई प्रधानमन्त्री ओलीले विदेशी जासुसी निकायका प्रमुखलाई भेटेकोमा विरोध यथावत छ।
आइतबार मात्रै सत्तारुढ नेकपाका प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो निजी बिचार भन्दै यो मामिलालाई लिएर थुप्रै प्रश्न उठाएका छन्।

त्यसअघि नेकपाका कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलले पनि सरकारबाट राष्ट्रघाती काम भएको भन्दै बिरोध गरेका थिए।

सरकारबाट एकपछि अर्को जनविरोधी कदम बढेपनि कोरोना महामारी र मुख्य पर्वहरुका कारण आफूहरुले संगठितरुपमा विरोध गर्ने वातावरण नपाएको नेकपाका शीर्ष नेताहरुले बताउँदै आएका छन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष