संघीयता अभ्यासमा संवैधानिक अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमी- मुख्यमन्त्री शाही

संघीयता अभ्यासमा संवैधानिक अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमी- मुख्यमन्त्री शाही
+
-

काठमाडौँ- कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीयतको अभ्यासको क्रममा देखा परेको केन्द्रीकृत सोच, संविधानप्रदत्त अधिकार हस्तान्तरणमा इच्छाशक्तिको कमीलगायतका समस्याहरुसँग लड्दै समृद्ध कर्णाली प्रदेश र समृद्ध नेपाल निर्माणको लागि प्रदेश सरकार दृढ रहेको बताएका छन्।

बडा दशैँको शुभकामना सन्देश दिने क्रममा सोमबार मुख्यमन्त्री शाहीले नयाँ चुनौतिका रुपमा खडा भएको कोरोना महामारीको संकटले निश्चय पनि विकास र समृद्धिको दीर्घकालीन लक्ष्यमा केही अवरोध उत्पन्न गरेको भएपनि बलिदानीपूर्ण संघर्षको प्रतिफलस्वरुप प्राप्त संघीय व्यवस्थाबाट जनताले गरेको विकास र समृद्धिको अपेक्षा पुरा गर्न योजनावद्ध रुपमा प्रदेश सरकार अघि बढेको बताएका छन्।

उनले शुभकामना सन्देशमा भनेका छन्,‘नागरिकको जीवन रक्षाजस्तो संवेदनशील विषयमा सरकार पन्छिन मिल्दैन भन्ने मान्यताका साथ लक्षणसहितका कोभिड -१९ का संक्रमित बिरामीहरुको निःशुल्क उपचारको व्यवस्थासमेत सरकारले गरेको छ।’

मुख्यमन्त्री शाहीले कोभिड -१९ ले निम्ताएको चुनौतिलाई नयाँ अवसरका रुपमा लिँदै प्रदेशमा स्वास्थ्य पूर्वाधारहरुको विकास गर्दै कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले उल्लेख्य काम गरेको दाबी गरेका छन्।

उनले भनेका छन्,‘आवश्यक संख्यामा प्रदेश र जिल्ला अस्पतालहरुमा भेन्टिलेटर र आईसीयु बेड क्षमताको विस्तार, प्रयोगशालाको स्थापना,नयाँ अस्पताल भवनको निर्माण, आइसोलेसन र क्वारेन्टिन व्यवस्थापन लगायतका कामहरु भएका छन्।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष