भारतीय सेनाध्यक्ष नरावणे कात्तिक १९ मा नेपाल आउने

भारतीय सेनाध्यक्ष नरावणे कात्तिक १९ मा नेपाल आउने
+
-

काठमाडौँ- भारतीय सेनाध्यक्ष जनरल एमएम नरावणे यही कात्तिक १९ गते नेपाल आउने भएका छन्।

नेपाली सेनाले मंगलबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो।

नरवणे प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।

तीन दिने भ्रमणका लागि आउन लागेका नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्ष पूर्णचन्द्र थापासँग छलफल गर्ने छन्।

यस्तै उनले कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको नेपाली सेनाका प्रवक्ता सन्तोशबल्लभ पौडेले ट्वीटरमार्फत सार्वजनिक गरेको गरेको प्रेस नोटमा उल्लेख छ।

यस्तै कार्यक्रमअनुसार भ्रमणको मुख्य अशंकोरुपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ दर्ता प्रदान गर्नेछिन्।

नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष