अविश्वासको प्रस्तावको डरका कारण मुख्यमन्त्री शाहीद्वारा संसदको चालु अधिवेशन अन्त्यको सिफारिस

अविश्वासको प्रस्तावको डरका कारण मुख्यमन्त्री शाहीद्वारा संसदको चालु अधिवेशन अन्त्यको सिफारिस
+
-

काठमाडौँ- कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ६ जना सांसदसँग मिलेर अविश्वासको प्रस्ताव संसदमै दर्ता गर्ने तयारी गरेपछि संसद्को चालु अधिवेशन अन्त्य गर्न प्रदेशका अध्यक्षसमक्ष सिफारिस गरेको पाइएको छ।

यही कार्तिक ८ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले चालु बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको बैठकमा सामेल एक मन्त्रीले बताए।

मुख्यमन्त्री शाहीविरुद्ध असोज २५ गते ओली पक्षका ८, माधवकुमार नेपाल पक्षका ७ र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका ३ जना गरी १८ जना नेकपाका सांसदहरुले अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेका थिए।

तर माधव नेपाल पक्षले अविश्वासको प्रस्तावबाट हात झिकेपछि यही कार्तिक ७ गते मुख्यमन्त्री शाहीले आफ्ना पक्षमा विश्वास जितेका थिए। शाहीले अविश्वासको प्रस्ताव फिर्ता लिने ७ जना नेपाल पक्षका सांसदमध्ये तीनजनालाई मन्त्री बनाउने तयारी गरेका छन्।

अब एकदुई दिनमा मन्त्रिपरिषद् बिस्तार गर्ने योजना शाहीको भएको ती मन्त्रीले बताए। यता ओली पक्षले भने प्रधानमन्त्री ओलीले दिएको निर्देशन नमानी अघि बढेको भन्दै शाहीविरुद्धको अविश्वासको प्रस्ताव संसदमै दर्ता गर्ने तयारी गरेको छ।

खासगरी गुलाबजंग शाहको प्रमुख सचेतकको पद फिर्ता नगरेपछि ओली पक्षमा शाहीविरुद्धको आक्रोश थामिएको छैन। नेता शाहले केन्द्रको निर्णय उल्लंघन गरेपछि आफूहरु संसदमा जाने स्थितिमा आएको बताए।

उनले भने,‘हामीले सहमति गरेर अघि बढौँ भनेकै थियौँ। तर इगो साँधेर केन्द्रको निर्णयसमेत मानिएको छैन। हामी संसदमा जानुको विकल्प साँघुरिएको छ।’

ओली पक्षको यही तयारीका कारण शाहीले संसदको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष