बारामा प्रहरीको गोली लागेर बालक घाइते भएको घटनाको छानबिन गर्न समिति गठन

बारामा प्रहरीको गोली लागेर बालक घाइते भएको घटनाको छानबिन गर्न समिति गठन
+
-

वीरगञ्ज– बारामा १४ वर्षका बालक प्रहरीको गोली लागेर घाइते भएको घटनाको छानबिन गर्न चार सदस्यीय छानबिन टोली गठन गरिएको छ।घटनाको छानबिनको लागि जिल्ला प्रशासन कार्यालयले चार सदस्यीय छानबिन टोली गठन गरेको हो।

जिल्ला प्रशासनका प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद यादवको संयाेजकत्वमा प्रहरी निरीक्षक सुरेन्द्र यादव, सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह र राष्ट्रिय अनुसन्धानका शोभाकान्त चौधरी सदस्य रहेको छानबिन समिति गठन गरिएको हो। समितिलाई घटनाको छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ।

गत मंगलबार राति भारतबाट स्थानीयले तीन वटा मोटरसाइकलमा ल्याएको सात बोरा प्याज इलाका प्रहरी कार्यालय कवही गोठले नियन्त्रणमा लिएको थियो। सो क्रममा जिल्ला प्रहरी कार्यालयबाट गएको गाडीलाई रोकेर स्थानीयले ढुंगामुढा गरेका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गरेको थियो। सोही क्रममा प्रहरीको गोली लागेर स्थानीय सुवर्ण गाउँपालिका २ कवही गोठका १४ वर्षका बालक रञ्जन यादव गम्भीर घाइते भएका थिए।

उनको टाउकोमा गोली लागेको थियो। घाइते बालकको अहिले वीरगञ्जको नारायणी बयोद्धा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको गोली लागेर बालक घाइते भएको विरोधमा बिहीबार सदरमुकाम कलैयामा विरोध प्रदर्शनसमेत भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?