
झापा- कोरोना भाइरसको संक्रमणबाट गएको दुई दिनमा झापामा ६ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहान झापामा थप तीन जनाको मृत्यु भएको हो। दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक–एक जना पुरुषको मृत्यु हो।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार दमक ७ का अन्दाजी ५० वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।
कमल गाउँपालिका ५ मङ्गलबारेका ७२ वर्षीय एक वृद्धको घरमै आइतबार बिहान मृत्यु भएको छ। मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा सङ्क्रमण पुष्टि भएको थियो। केही दिनयता उनी होम आइसोलेसनमा बसेका थिए।
गौरादह ४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गए राति घरैमा मृत्यु भएको छ। कात्तिक १३ गते सङ्क्रोमण पुष्टि भएको उनको घरैमा उपचाररत थिए।
शनिबार झापामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको थियो।
स्वास्थ्य कार्यालय झापाले दिएको तथ्यांक अनुसार शनिबार एकै दिन कोरोना संक्रमणबाट तीन जनाको ज्यान गएको हो।
मृत्यु हुनेमा विर्तामोड नगरपालिका ५ का ६५ बर्षिय पुरुष र विर्तामोड ७ का ६७ वर्षीय पुरुष रहेका छन्।
त्यसैगरि गौरीगञ्ज गाउँपालिका ६ का ७३ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ।