यामलाल कँडेलको ओली र दाहाललाई ध्यानाकर्षण पत्र : कर्णाली विवाद समाधानमा के कति प्रगति भयो?

यामलाल कँडेलको ओली र दाहाललाई ध्यानाकर्षण पत्र : कर्णाली विवाद समाधानमा के कति प्रगति भयो?
+
-

काठमाडौँ- नेकपा कर्णालीका सहइन्चार्ज एवं हालै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको नेतृत्व गरेका यामलाल कँडेलले कर्णालीमा उत्पन्न समस्यालाई लिएर दुई अध्यक्षलाई लिखित ध्यानाकर्षण पत्र पठाएका छन्।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्तरुपमा ध्यानाकर्षण पत्र लेखेका कँडेलले आधा दर्जन भन्दा बढी प्रश्नहरु सोधेका छन्।

पत्रमा नेता कँडेलले नेकपा कर्णाली प्रदेशमा उत्पन्न विवादका पृष्ठभूमि, अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि पार्टीको आन्तरिक राजनीतिमा उत्पन्न परिस्थितिसँगै अध्यक्ष ओली र दाहाललाई प्रश्न गरेका हुन्।

उनले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको तेस्रो दिन असोज २७ गते आफूहरुलाई दुबै अध्यक्षले हस्ताक्षर गरेर निर्देशन दिएको पत्रका सन्दर्भमा के कति प्रगति भयो? भन्ने प्रश्न गरेका छन्।

यस्तै उनले अनाधिकृतरुपले प्रमुख सचेतक हटाउने कामप्रति तपाईँ अध्यक्षद्वयको धारणा के हो? यो विषय नेकपामा कस्तो प्रचलन बसाउनेसँग सम्बन्धित छ? के यस्ता अनाधिकृत कामहरु सच्याउनु पर्दैन? भन्दै प्रश्न गरेका छन्।

कँडेल त्यति प्रश्नमा सिमित छैनन्। उनले विषयको टुंगो नलाग्दै अविश्वासको प्रस्तावको हस्ताक्षरकर्तालाई नियुक्ति पत्र थमाइएको बताएका छन्।

उनले दलभित्र अविश्वासको प्रस्तावबारे वैधानिक ढंगले छलफल गरेर टुंगो लगाउनुको सट्टा पद प्रतिष्ठा खुलेआम वितरण गरिएका विषयहरु सार्वजनिक भएको बताएका छन्। उनले सोधेका छन्,‘ के नेपाल कम्युनिष्ट पार्टी यस्तै खालको संस्कार र संस्कृतिको पक्षमा छ?’

यस्तै नेता कँडेलले विषयका आधारमा उभिएका प्रदेश सभा सदस्यलाई नेतृत्व तहबाट नै हतोत्साहित गर्ने काम भएको बताएका छन्। उनले सोधेका छन्,‘व्यक्तिको निष्ठा र इमानमा जनस्तरबाट प्रश्न उठाउने परिस्थिति निर्माण गरियो। केन्द्रीय नेतृत्व तहबाटै भएको यस्तो क्रियाकलाप र गतिविधिले एकताबद्ध पार्टी निर्माण संभव छ?’

उनको थप प्रश्न छ,‘अध्यक्षद्धयको निर्देशनबिपरित गरिइको बैठक के नियम संगत थियो? म नेतृत्वलाई प्रश्न गर्न चाहन्छु। त्यो बैठकबाट कर्णालीमा देखिएको समस्याको समाधान भयो र? कर्णालीमा नेकपाभित्र थप जटिलता उत्पन्न भयो?’

पत्रमा उनले अविश्वासको प्रस्तावसँगै केन्द्रबाट गएका निर्देशनहरुको प्रतिलिपि पनि राखेका छन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष