
काठमाडौँ -शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कोरोना संक्रमणको रिपोर्ट‘नेगेटिभ आएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि १० दिन पाटन अस्पतालमा उपचार गरेका मन्त्री पोखरेल त्यसपछि भने मन्त्री क्वाटरमै आइसोलेसनमा बसेका थिए।
देशसञ्चारसँग सोमबार कुरा गर्दै मन्त्री पोखरेलले भने, ‘२१ दिन पछि मेरो रिपार्ट नेगेटिभ आएको छ। स्वास्थ्य प्रोटोकल फलो गरेरै म आइसोलेसनमा बसेँ। अब स्वस्थ भएको अनुभव भएको छ।’
उनले उपचारका क्रममा पाटन अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको टोलीको महत्वपूर्ण योगदान रहेकोसमेत बताए।