ओली-प्रचण्ड लडाइँमा बामदेव र बादलको बन्दुक कता सोझिएला ?

ओली-प्रचण्ड लडाइँमा बामदेव र बादलको बन्दुक कता सोझिएला ?
+
-

काठमाडौँ- अध्यक्ष एवं केपी शर्मा ओलीविरुद्ध फेरि मोर्चा निर्माण गरेका नेकपाका नेताहरुले पहिले जस्तो यसपटक एकअर्कालाई धोखा नदिनका लागि अघोषित सपथ माग गरिरहेका छन्।

खासगरी आइतबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा ओलीविरुद्ध देखिनेगरी फेरि सक्रिय भएको मोर्चामा सामेल नेताहरुबाट त्यस्तो अघोषित सपथ खोजिएको हो।

यसको लहर स्थायी कमिटी मात्रै होइन, केन्द्रीय कमिटी सदस्यमा समेतमा चलेको छ। खुमलटार मोर्चामा अघोषित सपथ माग गरिएका नेतामध्ये ओलीविरुद्धको समीकरणमा निर्णायक भूमिकामा रहने उनै नेता बामदेव गौतम परेका छन्। जसले अन्तिम समयमा आएर ओलीले फ्याँकेको पासामा लोभिएर आफ्नो समूहबाट खुट्टा उचाल्ल्ने गरेका छन्।

९ सदस्यी नेकपा केन्द्रीय सचिवालयमा हाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ गरी ४ जना ओली कार्यशैलीविरुद्ध खुलेरै आलोचनामा उत्रिरहेका छन्।

प्रचण्ड-नेपाल समूहमा गौतम थपिँदा ओलीविरुद्ध सचिवालयमा बहुमत पुग्छ। बहुमत संख्याले ओलीलाई पहिले जस्तै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै या एक पदबाट राजीनाका लागि बाध्य पार्न सक्छ।

पार्टी स्रोतले भन्यो ,‘अब प्रचण्ड, माधव, झलनाथ र नारायणकाजी श्रेष्ठको ओलीविरुद्धको मोर्चा टुट्नेमा कुनै दुविधा छैन। त्यसमा निर्णायक भूमिका फेरि पनि गौतमकै छ। तर यसपालि साथ म दिन्छु भन्दै उहाँ हौसिनु भएको छ।’

पटकपटक धोखा दिएकाले प्रचण्ड- नेपाल समूहलाई गौतमको पूर्ण विश्वास भने छैन। भेलामा गौतमले ओलीबाट पार्टी निर्णय उल्लंघन भएको र अब आफूहरु चुप लाग्न नहुने भन्दै अन्य सदस्यहरुलाई हौँसाएका हुन्।

तर गौतमले प्रचण्ड- नेपाल समूहलाई साथ दिन्छु भन्नुको पृष्ठभूमिमा उनका आफ्नै स्वार्थ लुकेका छन्। गौतमले हाल आएर ओलीको साथ छोड्नुमा मुख्यतया दुई कारणको विश्लेषण गरिएको छ।

अनेक कोशिसपछि राष्ट्रियसभामा स्थान पाएका गौतमलाई ओलीले तत्कालै मन्त्री नबनाउनु र ओलीकै सक्रियतामा सर्वोच्च अदालतमा परेको गौतमविरुद्धको मुद्दाको किनारा लाग्न ढिलो हुनु हुन्।

यसै कारण ओलीसँग असन्तुष्ट बनेका गौतमले प्रचण्ने-पाल समूहलाई साथ दिने प्रतिवद्धता जनाएका छन्। ‘अव म तपाईँहरुलाई धोखा दिने छैन। ओलीले मलाई खेलौना बनाए। उनले अति नै हेपे। अब सहने ठाउँ छैन,’गौतमको भनाई उद्धृत गर्दै स्रोतले भन्यो।

०००

प्रतिनिधिसभा चुनावमा पराजित भएपनि संसद प्रवेश गरी प्रधामन्त्री बन्ने उत्कट चाहना गौतमको कहिल्यै मर्न सकेन।

प्रधानमन्त्री बन्ने चाहना पुरा हुने जस्तो संकेत देखिएपछि गौतमले कहिले प्रचण्ड-नेपाल समूहतिर ढल्कने त कहिले ओलीतिर जाने गरेको उनको पृष्ठभूमि छ।

गत असार १४ गते प्रधानमन्त्री ओलीले भारतको इच्छाबिपरित नक्सा जारी गरेको भन्दै आफूलाई उसले हटाउन लागेको अभिव्यक्ति दिएसँगै चर्किएको नेकपाको विवादको बाटो मोड्ने काममा गौतमकै भूमिका छ।

प्रचण्डलगायत स्थायी कमिटी सदस्यहरुले ओलीको राजीनामा मागिरेहका बेला गौतमले प्रधानमन्त्री मात्रै होइन पार्टी अध्यक्षबाट पनि ओलीले राजीनामा दिन नपर्ने गरी ६ बुँदे प्रस्ताव अघि सारे।

आफ्नो पद जोगाइदिएको बदलामा अन्ततः ओली गौतमलाई असोज १ गते राष्ट्रियसभा सदस्य बनाउन सहमत भएका थिए।

गत वैशाख ८ गते दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दा ओलीविरुद्धको प्रचण्ड-नेपाल समूहको सक्रिय भयो।

वैशाख १७ गतेको केन्द्रीय सचिवालय बैठकमा ओलीको राजीनामा माग्नेमध्येका एक सदस्य गौतम पनि थिए।

तर ओलीले आफूले राजीनामा नदिने, बरु आफूपछि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर गौतमलाई ल्याउन आफू तयार रहेको ओलीले अव्यवहारिक र उधारो प्रतिवद्धता गौतमतिर तेर्साएका थिए।

ओलीले फ्याँकेको पासामा पर्न गौतमलाई समय लागेन। अघिल्लो वर्ष फागुन १४ गते प्रचण्ड-नेपाल समूहकै जोडबलमा केन्द्रीय सचिवालयले आफूलाई राष्ट्रियसभा सदस्य मनोनयका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भन्दै गरेको निर्णय कार्यान्वयनन नगरेका ओलीप्रति गौतम तत्कालै नतमस्तक बने।

तर गौतमको प्रधानमन्त्री बन्ने अभिलासा पुरा भएन। नेकपाको तेस्रो अध्यक्ष बन्ने ओलीले गरेको प्रस्ताव अर्का वरिष्ठ नेता माधवकुमार नेपालले भने अस्वीकार गरेका थिए, त्यो बेला।

गत वर्ष फागुन १४ गते गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयमा ओलीलाई सहमत गराउन प्रचण्ड-नेपाल समूह सफल भएको थियो। तर त्यो निर्णयको अवज्ञा ओलीबाट त्यसै दिन भएको थियो।

माघ १९ गते पार्टीको केन्द्रीय कमिटी बैठकले गौतमलाई पार्टी उपाध्यक्ष बनाउन गरिएको संविधान संशोधन पारित गर्दा पृष्ठभूमिमा सोही समूहको साथ थियो।

यसअघि गौतमले निर्वाचित सांसदलाई राजीनामा दिन लगाएर आफू निर्वाचित हुने योजनासहित ओलीविरुद्ध प्रचण्डको नेतृत्वमा पटकपटक समिरकण निर्माण गर्न भ्याएका छन्।

तर आफ्नो योजना सफल हुने संकेत देखिएपछि अन्तिममा ओलीतर्फनै फर्किने उनको स्वाभावमा नेताहरु विश्वस्त छैनन्।

तर पनि यसपाली ओलीको विकल्प खोज्नै पर्ने र पार्टी पनि जोगाउनु पर्ने दुई खाले बाध्यतामा प्रचण्ड-नेपाल समूह परेको देखिन्छ। त्यसका लागि हतारमा निर्णय नलिने भन्दै आआफ्नो गुटीय छलफललाई निरन्तरता दिएका छन्।

बादलले छोड्लान् ओलीलाई?


खुमलटार भेलामा बामदेव गौतमपछि विश्वासिलो प्रतिवद्धता खोजिएको रामबहादुर थापा बादलबाट पनि हो।

पूर्वमाओवादी पृष्ठभूमिका नेता बादल ओली नेतृत्वको सरकारमा गृहमन्त्री भएदेखि ‘जनयुद्ध’ का आफ्ना सहयात्री प्रचण्डको साथ छोडेका थिए।

तर पटकपटकको फोनबार्तापछि प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरुको आग्रहमा प्रचण्ड नेतृत्वको खुमलटार भेलामा आइतबार उनी पनि देखिए।

स्रोतका अनुसार तर अब ओलीप्रति विश्वास नभएको, उनका कारण सरकार र पार्टी बदनाम भएको र उनको बिकल्पका लागि आफूले साथ दिने बादलले भेलामा प्रतिवद्धता गरेका छन्। तर भेलामा बादल र नारायणकाजी श्रेष्ठको कडा सवालजफाव भन्दै सूचनाहरु बाहिरिएका छन्। यसो त त्यो कृतिम सूचना भएको र त्यस्तो भ्रममा नपर्न श्रेष्ठले आग्रह गरेका छन्।

कम्तिमा ४० सदस्यीय केन्द्रीय सदस्यसहित छुट्टै गुटमा रमाइरहेका बादलले प्रचण्ड र ओलीको लडाईँमा कता बन्दुक सोज्याउने हुन् त्यो प्रतिक्षारत छ।

प्रचण्डको पनि परीक्षा हुँदै


ओलीविरुद्धको मार्चाको नेतृत्व गरेका प्रचण्डको पनि यसपटक भाग्यपरीक्षा हुँदैछ।

त्यसमा पास हुने संकेत प्रचण्डले शनिबार ओलीसँगको भेटवार्तामा देखाएपनि त्यसमा पूर्ण भरोसा छैन खासगरी नेपाल, खनाल र श्रेष्ठलाई। त्यसैले उनीहरुले आइतबारको भेलामा भनेका छन्,‘अब दुई चार मन्त्री पाइयो भन्दैमा खुट्टा नडगमाउनु।

यसअघि जस्तो शंकास्पद ब्यवहार नगर्नु।’ ओलीबाट प्रचण्डले पटकपटक धोका पाउनुमा उनको  विचलित स्वाभावले पनि भूमिका खेल्ने गरेको छ।

ओलीविरुद्ध मोर्चा निर्माण गरेपनि सत्ता र शक्तिका लागि ओलीसँग ‘गोप्य’ सहमति गरिहाल्ने प्रचण्डको यसअघिको बानीमा केही सुधार आएको नेताहरुले अनुभव गरेका छन्।

पछिल्लो पटक उत्पन्न भएको विवादका क्रममा ओलीले छलफलका लागि पटकपटक बोलाउँदा पनि बालुवाटार नगएका प्रचण्ड अन्ततः सचिवालय बैठक डाकेरै विवाद समाधान गरौँ भन्ने प्रस्ताव अघि सारेका छन्, शनिबार।

तर शनिबारबाटै प्रचण्ड र ओलीको सम्बन्ध पार्टी फुटाउन चाहेको भन्दै एकअर्कालाई दोष दिनेतहसम्मसम्म पुगेको छ। पार्टी बचाउने कि फुटाउने भन्नेमा ओली र प्रचण्डले यतिबेला शक्ति प्रदर्शन सुरुसमेत गरेका छन्।

बाहिर रहेका आफू निकट नेताहरुलाई केन्द्रमा बोलाएर दुबैले छलफल तिब्र पारेका छन्। सोमबार पनि त्यसले तिब्रता पाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष