ओलीसँग छलफलका लागि प्रचण्ड आज बालुवाटार जाने सम्भावना

ओलीसँग छलफलका लागि प्रचण्ड आज बालुवाटार जाने सम्भावना
+
-

काठमाडौँ – प्रचण्डले मंगलबार फेरि ओलीलाई सचिवालय बैठक डाक्न औपचारिक आग्रह गर्ने सम्भावना छ। त्यसका लागि प्रचण्ड बालुवाटार जाने तयारी गरेका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार ओलीबाटै बैठक आव्हान हुन्छ कि भनेर कुरेको तर बालुवाटारबाट कुनै सूचना नआएकाले मंगलबार प्रचण्ड आफै बैठकको प्रस्ताव गर्न जाने सम्भावना भएको बताए।

आइतबार प्रचण्डको नेतृत्वमा खुमलटार भेलाले ओलीसँग सचिवालय बैठक माग गर्न प्रचण्डलाई दबाब दिएको थियो। भेलामा प्रचण्डले ओलीले बैठक नडाक्ने, बहुमतलाई नमान्ने बरु अलग–अलग बस्न चाहेको भन्दै ब्रिफिङ गरेका थिए।

त्योसँगै नेकपामा ओली र उनीइतर समूह एक अर्काविरुद्ध आन्तरिक रणनीति बनाउन तीव्रताका साथ लागेका छन्। तर ओलीले आफूविरुद्ध कुनै कदम चालिए त्यो भन्दा ठूलो कदम चाल्ने धम्की दिएपछि प्रचण्ड–माधव नेपाल समूहले निर्णय लिन हतार गरेको छैन।

यो समूहले ओलीले तत्काल अध्यादेश ल्याएर पार्टी फुटाउने वा संसद विघटन गर्ने हुन् कि भन्ने चिन्ता भएकाले ओलीविरुद्ध निर्णय लिन हतार नगरेको बरु परामर्शलाई तिव्र पारेको समूहका एक नेताले बताए।

उनका अनुसार सकेसम्म ओलीको सहमतिमा बैठक डाक्ने र बैठकबाटै निर्णय लिने मनस्थिति प्रचण्ड–नेपाल समूहले बनाएको छ। तर ओलीले बैठक डाके आफ्नो राजीनामाको माग बहुमत सदस्यले माग्ने निश्चित भएकोले सकेसम्म बैठक नडाक्ने रणनीति बनाएको बुझिएको छ।

प्रचण्ड–नेपाल समूह जस्तै ओली पनि आफू निकट नेताहरूसँग निरन्तर परामर्शमा व्यस्त छन्। ओलीले गत भदौ २५ गतेको निर्णय उल्लंघन गरेपछि उनिविरुद्ध प्रचण्डको नेतृत्वमा मोर्चा बनेको हो।

यसपाली राजदूत नियुक्ति, कर्णाली विवाद, मन्त्रीपरिषद् हेरफेर, भारतीय जासुसी सस्थाप्रमुखसँग भेटवार्तालगायत कारणले ओली र प्रचण्डबीच विवाद चुलिएको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष