राष्ट्रपतिलाई वामदेवले भने- ओलीबाट पटकपटक धोका र अपमान पाएको छु, सघाउन सक्दिन

राष्ट्रपतिलाई वामदेवले भने- ओलीबाट पटकपटक धोका र अपमान पाएको छु, सघाउन सक्दिन
+
-

काठमाडौँ- नेकपाको समीकरणमा महत्वपूर्ण मानिएका वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न आग्रह गरेको खुल्न आएको छ।

ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा खुमलटारमा असोज १६ गते आइतबार भएको भेलामा सामेल भएका गौतमलाई त्यसको दुई दिनपछि असोज १८ गते भण्डारीले शीतल निवास बोलाएकी थिइन्।

भेटमा भण्डारीले पार्टी एकता संकटमा परेको त्यसबाट बचाउनका लागि प्रधामन्त्री ओलीलाई समर्थन गर्न आग्रह गरेकी थिइन्।

स्रोतका अनुसार भण्डारीले गौतमलाई भनेकी थिइन्, ‘पार्टी एकता संकटमा परेको छ। प्रधानमन्त्रीले राम्रो काम गरिरहनु भएको छ। उहाँलाई तपाईँले साथ दिनुपर्‍यो।’

गौतमले आफूलाई ओली पटकपटक धोखा दिएको र अपमान गरेकाले समर्थन गर्न नसक्ने जबाफ दिएका थिए।

यस्तै अब आफू प्रचण्ड र ओलीलाई मिलाउने कसरत पनि नगर्ने, उनीहरु आफै मिले भने फरक कुरा हुने जबाफ पनि राष्ट्रपतिलाई भण्डारीलाई गौतमले भनेको पार्टी स्रोत बताउँछ।

गौतमले यसबारे धुम्बाराहीमा शुक्रबार आयोजित अनौपचारिक बैठकमा पनि जानकारी गराएको बुझिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष