
काठमाडौँ- नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको संघारमा पुगेको पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाल निकट नेताहरुलाई सुनाएका छन्।
तर नेता नेपाल र उनी निकट नेताहरु भिम रावल, रघुजी पन्त र सुरेन्द्र पाण्डेले पार्टी फुट्न लागेको हो भने त्यसलाई जोगाउन ठोष प्रस्ताव ल्याएर रोक्न ओलीलाई आग्रह गरेका छन्।
बालुवाटारमा आइतबार भएको करिव तीन घण्टाको बार्तामा ओलीलाई नेपाल पक्षले पार्टीमा उत्पन्न समस्या समाधानका लागि तत्काल केन्द्रीय कमिटी बैठक डाक्न आग्रह गरेको छ।
तर ओलीले बैठक डाक्न आफूले चाहेको भएपनि पहिले दुई अध्यक्षबीच छलफल र समझदारी भएपछि मात्रै महासचिवले बैठक बोलाउने भन्दै केन्द्रीय सचिवालय तत्काल आफूले नबोलाउने सन्देश दिए।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सम्बन्धमा ठूलो संकट आएपछि प्रचण्डसँग जोडिएका नेपाल समूहलाई फकाउने रणनीतिमा ओली लागेका छन्।