छलफलका लागि विघटित कार्यदलका सदस्य बोलाउन ओली बाध्य

छलफलका लागि विघटित  कार्यदलका सदस्य बोलाउन ओली बाध्य
+
-

काठमाडौँ- पार्टी फुटको संघारमा पुगेको दाबी गरेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिको विवाद समाधानमा भूमिका खेलेको कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका छन्।

यो भन्दा अघिको किचलो समाधानका लागि भूमिका खेलेको ‘समस्या समाधान कार्यदल’ का सदस्यहरुलाई ओलीले सोमबार ११ बजे बालुवाटार बोलाएका हुन्।

कार्यदलमा त्यतिबेला ओलीका तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट जनार्दन शर्मा र पम्फा भुसाल र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल र सुरेन्द्र पाण्डे थिए।

उनीहरु सबैलाई पछिल्लो विवादमा केन्द्रित छलफलका लागि बालुवाटार बोलाइएको हो। तर प्रचण्ड पक्षका नेता शर्मा आइसोलेसनमा रहेको र भुसाल कार्यव्यस्तताका कारण बालुवाटार नजाने भएका छन्।

बाँकी नेताहरु बालुवाटार पुगेका छन्। ओलीले हिजो नेता नेपाल र नेपाल निकट नेता रावल, पाण्डे र रघुजी पन्तलाई बालुवाटार बोलाएका थिए।

प्रचण्डसँगको विवाद चुलिँदै गएपछि ओलीले आफ्नो पद कसरी सुरक्षित राख्ने भन्नेमा केन्द्रित भएर छलफल अघि बढाएका छन्।

गत साउन ३० गते गठित यो कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले १५ बुँदे प्रस्ताव पारित गरेको थियो।

तर कमिटीका निर्णय कार्यान्वयन नभएको भन्दै प्रचण्ड–नेपाल समूह ओलीसँग असन्तुष्ट छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?