जोखिमभत्ता नपाएको भन्दै बुटवलको कोरोना अस्पतालमा आएनन् स्वास्थ्यकर्मी, सेवा प्रभावित

जोखिमभत्ता नपाएको भन्दै बुटवलको कोरोना अस्पतालमा आएनन् स्वास्थ्यकर्मी, सेवा प्रभावित
+
-

बुटवल-अस्पतालले कोभिड १९ जोखिम भत्ता नदिएको भन्दै बुटवलमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालका चिकित्सक काममा नआएपछि अस्पतालको सेवा प्रभावित भएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालले गत साउनमा ७ जना मेडिकल अफिसरलाई करार सेवामा नियुक्त गरेको थियो। उनीहरुले जोखिम भत्ता नपाएको जानकारी पटक पटक गराउँदा पनि चासो नदेखाएको भन्दै काममा आएका छैनन्।

मंगलबार सामाजिक विकास मन्त्रालयमा भएको छलफलमा उनीहरुलाई जोखिम भत्ता दिने मौखिक सहमति भएपनि लिखित सहमति नभएकाले आफुहरु काममा नआएको काममा नआउने स्वास्थ्यकर्मीले बताएका छन्।

अस्पतालले मेडिकल अफिसरहरू विशाल झा, कल्याण रेग्मी, प्रतिमा भण्डारी, पूजन ज्ञवाली, राजेश लिम्बू, सविता अर्याल र एलिसा सिंहलाई करार सेवामा भर्ना गरेको थियो।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले सातै जना चिकित्सकले कोरोना जोखिमभत्ता नपाए सेवामा नआउने भन्दै मंगलबार अल्टिमेटम दिएको र बुधबारदेखि नै काममा नआएको बताए।

उनका अनुसार सामाजिक विकासमन्त्री सुदर्शन बराल र मन्त्रालयका सचिवसँग भएको छलफलमा तिहार पछि जोखिमभत्ता उपलब्ध गराउने सहमति भएको थियो।

उनले महामारीको समयमा भत्तालाई बहाना बनाएर सेवा प्रभावित बनाउन खोज्नु चिकित्सकीय मर्यादा र आचरण विरूद्धको काम भएको बताए। डा. खनालले अस्पतालले मानिसको जीवनसँग नै खेलवाड गर्ने कर्मचारीको विकल्प खोज्नुपर्ने बताए।

विगत सात महिनादेखि सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत स्थायी सेवाका चिकित्सक तथा नर्सिङ स्टाफले समेत कोरोना जोखिम भत्ता पाएका छैनन्।
सो कोरोना अस्पतालमा १७ वटा आइसीयूमा बिरामी छन् भने केही भेन्टिलेटरमा उपचाररत छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?