
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठक ४० मिनेटमै सकिएको छ।
बैठकमा असन्तुष्ट पक्ष लगायत नौ सदस्यहरुको उपस्थिति थियो।
लामो विवादपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट समूहको अनुरोध अनुसार बैठक बसाल्न सहमत भएका थिए।
आफू अल्पमतमा परेपछि असन्तुष्ट समूहको अनुरोध अनुसार करिव एक महिनादेखि बैठक राख्न नमानेका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मात्रै बैठक राख्न सहमत भएका थिए।