
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को आगामी सचिवालय बैठक मंसीर ३ गते फेरि बस्ने भएको छ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा ४० मिनेट मात्रै बसेको सचिवालय बैठकले अर्को सचिवालयको बैठकको मिति तय गरेको गरेको हो।
आजको बैठकमा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँचजना सचिवालय सदस्यले यसअघि अनौपचारिक सचिवालय बैठकका लागि सहमत हुन अनुरोधसहित अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको पत्रको बारेमा छलफल भएको छ।
यस्तै उक्त पत्रको जवाफ दिँदै अर्का अध्यक्ष ओलीले प्रचण्डसहित पाँचजना सदस्यलाई बोधार्थसहित लेखेको पत्र र त्यसको जवाफ दिँदै प्रचण्डले ओलीलाई लखेको पत्रका बारेमा पनि छलफल भएको प्रवक्ता नारायणकाजीले श्रेष्ठले बताए।
यसका साथै बैठकले पार्टीमा हालसम्म देखिएका समस्या समाधानका लागि कार्यसूची बनाएर छलफल अघि बढाउने निर्णय समेत गरेको छ। उक्त कार्यसूचीमा राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुर्नगठन, कर्णाली विवाद, भारतीय जाजुसी संस्था ‘रअ’ प्रमुख सामान्त कुमार गोयलको नेपाल आगमन, पर्सा घटना र कोरोना महामारी लगायतका विषयहरु पर्ने छन्।