नेकपामा पत्र युद्व, प्रचण्डले पनि ओलीलाई दिए लिखित जवाफ

नेकपामा पत्र युद्व, प्रचण्डले पनि ओलीलाई दिए लिखित जवाफ
+
-

काठमाडौँ-सत्तारुढ नेपाल कम्‍युनिष्ट पार्टी (नेकपा)मा एकपछि अर्को गर्दै विवाद झनै उत्कर्षमा पुगेको छ। लामो विवादपछि शुक्रबार डाकिएको सचिवालय बैठकपछि नेकपाको विवाद साम्य हुने आशा गरिएको बेला विवाद झनै चर्किएको हो।

बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पठाएको पत्रको जवाफ लिखित रुपमै बुझाएपछि विवाद झनै चर्किएको हो।

आजको बैठक त्यही पत्रको बारेमा केन्द्रित भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अुनसार आज अध्‍यक्ष प्रचण्डले ओलीले पठाएको पत्रको जवाफ दिने क्रममा आफ्नो तर्फबाट लिखित पत्र बुझाएको जानकारी दिए।

उनका अनुसार प्रचण्डले ओलीलाई बुझाएको पत्रमा के-कस्तो उल्लेख छ भन्‍नेबारे आफूले अध्ययन गर्न नपाएको बताए।

विवाद चर्किदै गएपछि यही शनिबार प्रचण्डसहित ओलीसँग असन्तुष्ट भएका पाँचजना सचिवालय सदस्यले छिट्टै नेकपाको औपचारिक सचिवालय बैठक डाक्न सहमत हुन अनुरोध गर्दै ओलीलाई लखित पत्र बुझाएका थिए।

उक्त पत्रमा नेकपा संकटमा पर्नुका मुख्य कारण ओली नै रहेको भन्‍दै ओलीलाई सबैहिसावले दोषी ठहर्‍याइएको थियो।

त्यसपछि ओलीले बदलामा प्रचण्डलाई सम्बोधन गर्दै र अन्‍य चारजना सचिवालय सदस्यलाई बोधार्थ लेखेर अर्को पत्र पठाएका थिए।

उक्त पत्रमा आफूले राम्रो काम गर्दागर्दै पनि आफूविरुद्ध गुटबन्दी गरेर घेराबन्दी गरेको आरोप ओलीले प्रचण्डसहित चारजनालाई लगाएका थिए।

यसपछि आज प्रचण्डले पुन: ओलीलाई  लिखित पत्र बुझाएका हुन्। सोही पत्र आजको सचिवालय बैठकमा वितरण गरिएको छ।

यो पनि पढ्नुहोस्

नेकपा सचिवालयको अर्को बैठक मंसीर ३ गते

नेकपा सचिवालयको अर्को बैठक मंसीर ३ गते

४० मिनेटमै सकियो नेकपा सचिवालय बैठक

४० मिनेटमै सकियो नेकपा सचिवालय बैठक

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?