नेकपा फुटको डिलमा पुगेका बेला ओली र राष्ट्रपतिबीच करीब दुई घण्टा छलफल

नेकपा फुटको डिलमा पुगेका बेला ओली र राष्ट्रपतिबीच करीब दुई घण्टा छलफल
+
-

काठमाडौँ-नेकपामा फुटको डिलमा पुगेका बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार करिव दुई घण्टा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन्।

सरकारी उच्च स्रोतका अनुसार ओली राष्ट्रपति भण्डारीलाई भेट्न दिउँसो शितलनिवास पुगेका थिए।

नेकपामा विवाद उच्च तहमा पुगेका बेला हस्तक्षप गर्दै आएकी भण्डारीसँग यो बेला करिव दुई घण्टा छलफल गर्नुलाई महत्वका साथ हेरिएको छ।

ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकअर्कालाई आरोपप्रत्यारोप, गालीगौलज र असन्तुष्ट छताछुल्ल पारेको भोलीपल्ट ओली शितल निवास पुगेका हुन्।

पार्टी सचिवालयमा अल्मतमा परेका ओलीले असन्तुष्ट प्रचण्डलगायत अन्य चार जना नेताहरुको आफूलाई पदबाट हटाउने रणनीति बिफल बनाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने कि संसद विघटन गर्ने भन्नेमा केन्द्रित भएर निकटतमहरुसँग छलफल तिब्र पारेको स्रोत बताउँछ।

यो सँगै उनले आफ्ना योद्धाहरुलाई प्रचण्डले शुक्रबार ओलीको कार्यशैलीविरुद्ध पेश गरेको १९ पृष्ठ लामो प्रस्ताव र ८ पृष्ठ लामो पत्र फिर्ता गर्न सार्वजनिकरुपमा दबाबसमेत दिन लगाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?