
सुनसरी (बराह) – देशभर जाडो बढ्ने क्रममा छ । तराईका क्षेत्रमा हुस्सु तथा कुहिरो तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन थालेको मौसमविदले बताएका छन् ।
देशभर चिसो लगातार बढ्ने क्रममा रहेको र यो क्रम जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जाडो याममा तराईका क्षेत्रमा बाक्लो हुस्सु तथा कुहिरो लाग्ने गर्छ। यो वर्ष पनि पनि कुहिरोको समय सुरु भएको छ ।
सुनसरीसहितका पूर्वका तराई क्षेत्रमा अहिले बाक्लो कुहिरो लागेको छ । देश सञ्चारकी मन्दिरा राउतले सुनसरीको बराह नगरपालिका क्षेत्रमा मंगलबार बिहानै लागेको कुहिरोका केही तस्बिर खिचेकी छन् ।