सचिवालय बैठकसँग बाझिने गरी ओलीले बाेलाए मन्त्रिपरिषद् बैठक

सचिवालय बैठकसँग बाझिने गरी ओलीले बाेलाए मन्त्रिपरिषद् बैठक
+
-

काठमाडौँ- संकटमा घेरेरिएको मुलुकको राजनीतिका बीच अनेक अड्कल बाजी भइरहेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीकाे केन्द्रीय सचिवालय बैठकको समयसँग बाझिने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

सचिवालय बैठकको समय सार्ने या नसार्ने भन्ने बारे कुनै औपचारिक निर्णय हुनुपूर्व नै मन्त्रिपरिषद् बैठक बोलाएर केन्द्रीय सचिवालयमा बहुमतमा रहेका प्रचण्ड–नेपाल पक्षसँग समर्पण नगर्ने संकेतका रुपमा यसलाई हेरिएको छ।

एक मन्त्रीका अनुसार ओलीले बुधबार दिउँसो १ बजे बैठक बोलाएका छन्, सोही समयमा सचिवालय बैठक निर्धारण गरिएको थियो।

मन्त्रिपरिषद्को आकस्मिक बैठक गर्ने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीसँग मगंलबारको मध्यरातमा भएको बैठकपछि लिएकोले दल विभाजन सम्बन्धी अध्यादेशसँगै मन्त्रिपरिषद्को पुर्नगठनबारे निर्णय हुन सक्ने बुझिएको छ।

ओली समूहले बहिस्कार गरे पनि सचिवालय बैठकमा जाने तयारी गरेका रामबहादुर थापा ‘बादल’का लागि असहज परिस्थिति सिर्जना भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?