नेपाल प्रहरीमा थपियो एक एआइजी र पाँच डिआइजीको दरबन्दी, अब पोखरेललाई आइजी बन्न सजिलो

नेपाल प्रहरीमा थपियो एक एआइजी र पाँच डिआइजीको दरबन्दी, अब पोखरेललाई आइजी बन्न सजिलो
+
-

काठमाडौँ- नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक- एआईजी र पाँच जना नायब महानिरीक्षक- डीआइजीको दरबन्दी थप भएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार एक जना एआईजी र पाँच जना डीआईजीको दरबन्दी थप गर्न ‘ओएनएम’ स्वीकृत भएको छ। स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालयमा पनि एआईजी राख्ने निर्णय भएको छ। यसअघि एआईजीको दरबन्दी घटाएर तीनमा झारिएको थियो। यसैगरी डिआईजीको दरबन्दी अब १९ पुगेको छ।

पछिल्लो निर्णयसँगै हालका डीआईजी विश्वराज पोखरेललाई अबको प्रहरी महानिरीक्षक-आइजिपी बन्ने बाटो सहज भएको छ। हाल रहेका डीआइजीमध्ये पोखरेल सबैभन्दा सिनियर हुन्।

उनी अन्य डीआइजीभन्दा करिब एक वर्ष पहिला एसएसपीबाट बढुवा भएका थिए। हाल रहेका तीन जना एआईजी वर्तमान आईजिपी शैलेश थापाको ब्याची भएकाले २०७९ साल बैशाख १८ गते थापासँगै अन्य तीन जना एआईजीले अनिवार्य अवकाश पाउनेछन्। प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट वा एआईजी नभए डीआईजीमध्येबाट आईजिपी नियुक्त गर्नुपर्ने व्यवस्था छ।

यसअघि सरकारले  १२ डीआईजीको दरबन्दी घटाएर १४ मा झारेको थियो। त्यसअघि प्राविधिकसहित १६ एआईजीको दरबन्दी घटाएर ४ मा झारिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?