धुम्बाराहीमा प्रचण्डले विष्णु पौडेलसँग छलफल गर्दै

धुम्बाराहीमा प्रचण्डले विष्णु पौडेलसँग छलफल गर्दै
+
-

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई समूहबीच बहुमत जुटाउने कसरतले तीव्रता पाएको छ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समूहमा रहेका नेताहरुलाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् भने प्रचण्डले पनि ओली समूहका नेताहरुलाई आफूतिर ढल्काउने प्रयास तीव्र पारेका छन्।

पार्टीको विवाद अब अंकगणिततर्फ धकेलिएपछि दुवै समूह बहुमत स्थापित गर्ने प्रयासमा जुटेका हुन्।

बुधबारको सचिवालय बैठकपछि प्रचण्ड समूहका प्रभावशाली नेताहरुलाई आफूतिर तान्ने प्रयासलाई प्रधानमन्त्री ओलीले झनै तीव्रता दिएका हुन्।

प्रचण्ड समूहले पनि बिहीबारदेखि  ओली समूहमा रहेका नेताहरुलाई आफूतर्फ तान्ने प्रयास गरिरहेको हो। अध्यक्ष प्रचण्डले बिहीबार यता ओली समूहमा रहेका केही नेताहरुसँग छलफल गरिसकेका छन्।

यसैबीच अध्यक्ष प्रचण्डले अहिले ओली समूहका नेता तथा पार्टीका महासचिव  विष्णु पौडेलसँग छलफल गरिरहेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डले पौडेलसँग छलफल गरिरहका हुन्।

दुवै नेताबीच अहिले पौने एकबजे देखि छलफल भइरहेको हाे। धुम्बाराहीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि छन् । उनले पार्टीका अन्य नेताहरुसँग छुट्टै छलफल गरिरहेका छन्।

पार्टीको विवादलाई लिएर दोस्रो तहका नेताहरु पनि छलफलमा छन्।

 

 

यो पनि पढ्नुहोस्

ओलीको प्रस्ताव स्पष्टिकरण कि प्रचण्डविरुद्ध अभियोगपत्र?

ओलीको प्रस्ताव स्पष्टिकरण कि प्रचण्डविरुद्ध अभियोगपत्र?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?