ओलीलाई दाहालको सन्देश- पार्टी एकताको अन्तिम डोरी चुँडियो भन्ने नठान्नुहोला

ओलीलाई दाहालको सन्देश- पार्टी एकताको अन्तिम डोरी चुँडियो भन्ने नठान्नुहोला
+
-

काठमाडौँ- नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सन्देश पठाउँदै एकताको अन्तिम डोरी चुँडियो भन्ने नठान्न आग्रह गरेका छन्।

पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङसँग करिब एक घन्टासम्म भएको भेटघाटमा नेकपा अध्यक्ष दाहालले आफूले केन्द्रीय सचिवालय बैठकमा ल्याएको प्रस्ताव पार्टी विभाजनका लागि नभएको जानकारी दिए। उनले नेम्वाङमार्फत प्रधानमन्त्री ओलीलाई सन्देश पठाउँदै भने, ‘एकताको अन्तिम डोरी चुँडियो भन्ने नठान्नुहोस्।’

नेम्वाङले यसबारे देशसञ्चारसँग जानकारी दिँदै आफूले दाहालसँग पार्टी एकता जसरी पनि बचाउन आग्रह गरेको बताए। उनले दाहालसँग भनेका थिए, ‘ संविधान र निर्वाचनमा गरिएका प्रतिबद्धता बचाउन पनि पार्टी एकता जोगाउनुपर्छ।’

नेम्वाङले दाहालसँग भेट्नुअघि ओलीसँग फोनवार्ता गरेका थिए।

अहिले पार्टी कार्यालय धुम्बाराहीमा ईश्वर पोखरेलले विभिन्न जिल्लाबाट नेताहरुसँग भेटघाट गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?