नेकपा विवाद

कर्णालीमा ‘जबज’ को पक्षमा बृहत भेला, पाँच सयलाई निम्तो

कर्णालीमा ‘जबज’ को पक्षमा बृहत भेला, पाँच सयलाई निम्तो
+
-

काठमाडौँ – सत्तारुढ नेकपाका दुई अध्यक्ष वारपारको लडाइँमा उत्रिएका बेला कर्णालीमा पूर्व एमालेले आत्मसाथ गरेको विचार जनताको बहुदलीय जनवाद (जबज) का पक्षमा शनिबार दिउँसो १२ बजे देखि भेला हुँदैछ।

पाँच सयजनालाई निमन्त्रणा गरिएको भेलाको नाम ‘स्वागत तथा प्रदेश भेला’ राखिएको छ। निमन्त्रणा पत्रको नारामा भनएिको छ–जनताको बहुदलीय जनवाद–जिन्दावाद।

भेला आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी कर्णाली प्रदेशकी सचिव हेमा खड्काले खेलाडीलाई सम्मान गर्ने र नेकपाको परिस्थिति अनुसार जबजबारे छलफल पनि गर्ने गरि भेला आयोजना गरेको देश सञ्चारलाई बताइन्।

उनले भनिन,‘ अहिले राजनीति उथपुथल भइरहेको छ। पूर्व एमालेले आत्मसाथ गरेको जबज उत्कृष्ट विचार हो । त्यसबारे छलफल गर्न आवश्यक परेकाले भेला आयोजना गरिएको हो। कर्णालीमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने अर्को हाम्रो उद्देश्य पनि हो।’

खड्काले जबज महत्वपूर्ण भएपनि यसलाई लात मारेर अघि बढ्ने कोशिस भइरहेकाले आफूले जबजका पक्षमा सक्रियता देखाएको बताइन्।

भेलामा प्रमुख अतिथिका रुपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल सामेल हुँदै छन्। विशेष अतिथिका रुपमा मदन भण्डारी स्पोट्स एकेडेमी एकेडेमीको केन्द्रीय उपाध्यक्ष धुब्र आचार्य सामेल हुँदैछन्।

निमन्त्रणा पत्र

यस्तै मदन भण्डारी फाउण्डेसनको बुटवल उपमहानगरपालीको अध्यक्ष, मदन भण्डारी स्पोटर््स एकेडेमीको फुटवल विभाग प्रमुख र मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवल जिल्ला अध्यक्ष सामेल हुँदैछन्।

भेलामा सामेल सबै अतिथिले जबजका पक्षमा बोल्ने छन्। नेकपाका युवा नेता र खेलप्रेमीलगायत सामेल हुने भेला वीरेन्द्रनगरको घण्टाघरस्थित सभाहलमा हुँदैछ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच द्वन्द्व बढ्दै जाँदा ओली पक्षले पार्टी विभाजित गर्नुपर्ने अवस्था आएमा जबजका पक्षमा रहेकाहरु एकै ठाउँमा हुनुपर्ने भन्दै यसबारे प्रशिक्षण र भेलाहरु बढाउँदै लगेको छ।

पूर्वएमालेको जबज र पूर्व माओवादीको २१ सौँ सताब्दीको जनवादलाई छोडेर पार्टी एकताका बेला जनताको जनवादलाई नेकपाले आफ्नो तात्कालिन कार्यक्रमको रुपमा घोषणा गरेको थियो।

प्रचण्ड पक्षले ओलीसँग विवाद उत्कर्षमा पुग्नुको एउटा कारण ओली पक्षले पार्टी एकतामा गरिएको सहमतिबिपरीत जबजका पक्षमा वकालत गरेकोलाई पनि मानेको छ।

विवाद चर्किदै गएपछि प्रचण्डले ओलीविरुद्ध सचिवालय बैठकमा प्रस्ताव पेश गरेकोमा त्यसको काउन्टरमा आफूले पनि प्रस्ताव पेश गर्नुपर्ने अडान लिएपछि नेकपा सचिवालय बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ। नेकपामा पछिल्लो पटक डेढ महिनायता विवाद चर्किरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?