गाईको बाछो काटेर खाने चार जना पक्राउ

गाईको बाछो काटेर खाने चार जना पक्राउ
+
-

झापा – गाईको बाछो काटेको आरोपमा प्रहरीले झापाको दमकबाट चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकले उनीहरूलाई पक्राउ गरेको हो।

गाईको बाछो काटेर घरमा मासु लुकाइरहेको अबस्थामा शुक्रबार बेलुका प्रहरीले ती चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दमक ७ का २० वर्षीय बब्लु अली, सोही ठाउँका ४२ वर्षीय ढकराज रामदाम, २७ वर्षिय छोटे अली र २९ वर्षिय प्रदीप सुवेदी रहेका छन्।

उनीहरुले बिहीबार बेलुका नै बाछो काटेको खुल्न आएको प्रहरीले जनाएको छ।

बाछो काटेर केही मासु खाइसकेर केही मासु घरमा लुकाईराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए।

उनीहरुबाट १० केजी मासु बरामद भएको छ। उनीहरूमाथि गौहत्याको अभियोग लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष