लागुऔषध ब्राउनसुगरसहित झापाको मेचीनगरबाट चारजना पक्राउ

लागुऔषध ब्राउनसुगरसहित झापाको मेचीनगरबाट चारजना पक्राउ
+
-

झापा – लागुऔषध ब्राउनसुगरसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर–७ स्थित सिदार्थ टोलबाट लागुऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको हो।

आइतबार दिउँसो ४ बजेतिर सिदार्थ टोलका आसान्ति राजबंशीको घरमा डेरा गरी बस्ने सीताराम आङदेम्बे र उनकी श्रीमती मनिता आङदेम्बेले धरान ५ बस्ने २४ वर्षीय कल्याण राई र वडा नं १६ का २४ वर्षिय रिजन लकान्द्रीलाई लागुऔषध ब्राउन सुगर बेच्दै गर्दा प्रहरीले पक्राउ गरेको हो।

आङदेम्बेको साथबाट १३ ग्राम ब्राउन सुगर, १ लाख ३३ हजार नगद र मोबाइल ३ थान तथा खरिद गर्ने राई र लकान्द्रीबाट १५ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको भनाइ छ ।

ब्राउन सुगर बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट गएको प्रहरी टोलीले खानतलाशी गर्दैगर्दा घर अगाडीबाट को ३५ प ७०१६ नम्बरको मोटरसाईकल चढी भाग्न लागेको शंकास्पद अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

चारैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष