चिनियाँ राजदूत हाउ यान्छीद्धारा पार्टी एकतामा भूमिका खेल्न प्रचण्डलाई आग्रह

चिनियाँ राजदूत हाउ यान्छीद्धारा पार्टी एकतामा भूमिका खेल्न प्रचण्डलाई आग्रह
+
-

काठमाडौँ – नेकपाको विवादमा हस्तक्षप गर्दै आएकी नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन्।

सोमबार बिहान प्रचण्डलाई भेट्न हाउ खुलटार पुगेकी थिइन्।  स्रोतका अनुसार पार्टी विवाद समाधानका लागि भूमिका खेल्न उनले प्रचण्डलाई आग्रह गरेकी थिइन्।

उनले प्रचण्डसँग आधा घण्टा भेटेकी थिइन्। प्रचण्ड निकट एक नेताले भने,‘हाउले यतिबेला पार्टी विवाद अन्त्य गर्नुहोस्, विवाद अन्त्यका लागि नेताहरुलाई भूमिका खेल्नुहोस् भन्नु स्वाभाविक हो। अध्यक्ष प्रचण्डलाई पनि त्यो अनुरोध गर्नु भएको छ।’

जवाफमा प्रचण्डले आफू पार्टी एकताकै पक्षमा रहेको र हाल देखिएको समस्या समाधानको विकल्पको खोजी गरिरहेको बताएका थिए।

तर प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले राजदूत हाउ आफ्ना देशका राष्ट्रपति सी जिन पिङको पुस्तक दिन, चाडबाडको शुभकामना प्रदान गर्न र दुई देशका पार्टीका सम्बन्धमा सामान्य छलफल गर्न आएको बताए।

उनले देश सञ्चारसँग भने,‘ राजदूत आफ्नै कारणले खुमलटार आउनु भएको थियो। राष्ट्रपति सी को पुस्तक दिन रहेछ। चाडपर्वको शुभकामना पनि दिनु रहेछ। र आफ्नो देशको पार्टीसँग नेकपाको सम्बन्ध अझ बलियो बनाउने हिसाबमा उहाँ आउनु भएको रहेछ।’

यसअघि हाउले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पार्टी एकता भन्दा प्रधानमन्त्रीको पद ठूलो नभएको सन्देश दिएको बुझिएको छ।

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला हाउको सक्रियता बढ्दै आएको छ। गत वैशाखमा पनि हाउले ओली, प्रचण्डलगायत नेताहरुलाई एक्लाएक्लै भेटेकी थिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?