मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु
+
-

बुटवल- रुपन्देही र पाल्पामा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

लु २४ प ७५०६ नम्बरको मोटरसाइकल बुटवल–भैरहवा सडकखण्डको भलबारीमा आइतबार राति अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय विकास चौधरी र सोही मोटरसाइकलको पछाडि सवार २० वर्षीय हरि गुरुङ्गको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको क्रिमसन अस्पताल माणिग्राममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक रुमबहादुर केसीले बताए । त्यस्तै पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–७ डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नम्बरको स्कुटर सोमबार अचानक अनियन्त्रित भई दुर्घटना हुंँदा स्कुटर चालक अन्दाजी २२ वर्षीय जीवन रानाको घटनास्थलमा नै मृत्यु भएको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार स्कुटर चालक राना रामपुर–७ डुम्रीगाउँका बासिन्दा हुन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?