रक्सी खाएपछिको झगडामा कुटपिट हुँदा एकजनाको मृत्यु, दुई युवा पक्राउ

रक्सी खाएपछिको झगडामा कुटपिट हुँदा एकजनाको मृत्यु, दुई युवा पक्राउ
+
-

पर्सा – रक्सी सेवन गरेका व्यक्तिले सोमबार राति रौतहटमा छिमेकीलाई धकेल्दा एकजना मृत्यु भएको छ ।

वृन्दावन नगरपालिका –७ सखुवा धमौरा बस्ने १९ वर्षका विकास पासवानले रक्सी सेवन गरेर कुटपिट गरि धकेल्दा छिमेकी ५० वर्षका अमिरि पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति रक्सी सेवन गरेर घर जाने क्रममा विकासले अमिरिलाई गालीगलौज गर्दा झगडा भएको थियो । झगडाको क्रममा विकासले कुटपिट गरि धकेल्दा अमिरिको टाउकोमा चोट लागेको थियो ।

उनको उपचारको क्रममा राति सवा ८ बजे गरुडा स्थित सिटी अस्पतालमा मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

कुटपिटमा संलग्न विकास पासवान र बिन्द पासवानलाई प्रहरीले पक्राउ गरेको छ । शव पोष्टमार्टमका लागि गौर अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइ रहेको डिएसपी श्रेष्ठले बताए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष