ओलीको ‘फुटाउ’ नीतिले असन्तुष्ट पक्ष अविचलित

ओलीको ‘फुटाउ’ नीतिले असन्तुष्ट पक्ष अविचलित
+
-

काठमाडौँ- केपी शर्मा ओलीले आफ्ना प्रतिद्वन्द्वी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र असन्तुष्ट पूर्वएमालेका नेताहरुबीच फाटो ल्याउन स्पष्ट प्रयास प्रस्तावबाट गरे पनि त्यसले आफूहरुको ओलीविरुद्धको वर्तमान समीकरणमा कुनै पनि प्रभाव नपार्ने त्यसमा संलग्न नेताहरुले दाबी गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्न पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई यसपटक उनका पक्षमा दरिलोसँग उभिएका खासगरी पूर्वएमाले पृष्ठभूमिका नेकपा वरिष्ठ नेता माधबकुमार नेपाललाई धोका दिएको असान्दर्भिक प्रसंग आफ्नो प्रस्तावमा उल्लेख गरेका छन्।

अर्थात ओलीले प्रचण्डको विगत कोट्याएर वर्तमानलाई तर्साउने काम गरेको बुझिन्छ। नेता नेपाल निकट एक प्रभावशाली स्थायी कमिटी सदस्य प्रचण्डबाट नेता नेपाललाई अलग्याउने मात्रै नभई समाप्त पार्ने उद्देश्यका साथ निकै निकृष्ट तहबाट ओलीले प्रस्ताव लेखेको विश्लेषण गर्छन्।

तर यसबाट प्रचण्ड-नेपाल समीकरणमा कुनै पनि बदलाव नआउने या प्रभाव नपर्नेमा उनी दृढ छन्। उनी भन्छन्, ‘प्रस्तावमा किन यस्तो लेखिएको हो भन्ने हामीलाई पनि स्पष्ट थाहा छ। तर प्रचण्डको विगतको सबै राजनीति र गतिविधिलाई स्वीकारेर नेकपा अध्यक्ष बनाएको आधारमा हामीले उहाँलाई साथ दिएको हो। उहाँमाथि अन्याय परेका कारण हामीले साथ दिएको हो। अब पुराना कुरा गरेर गीत गाउनुको कुनै अर्थ छैन।’

योसँगै प्रचण्डले पूर्वर्वती एमालेका नेताहरुलाई कुन अवस्थामा धोका दिए? त्यसको जानकारी सबैलाई भएपनि त्यो पृष्ठभूमिसँगै सशस्त्र विद्रोह ताकाको उनको भूमिकालाई पनि स्वीकार गरेकाले अब त्यसलाई कोट्याउनु उचित नहुने ती सदस्यको निष्कर्ष छ।

उनी भन्छन्,‘ ओलीले विषयवस्तु भन्दा बाहिर गएर अशोभनीय तरिकाले प्रचण्डको विगत कोट्याउनु भएको छ। वास्तवमा विगतलाई समेटेर प्रचण्डलाई हामी र जनताका अघि नराम्रो बनाउने प्रयास भएको छ। तर समय धेरै अघि बढिसकेको छ। हाम्रो समीकरण तोड्ने प्रयास गर्दा ओली झनै दुखी हुनुपर्ने छ।’

प्रचण्डसँग आफूहरुको सम्बन्ध पहिलोपटक चिनजान गरी मागेर विवाह गरेको जस्तो नभएको उनले स्पष्ट पार्ने कोशिससमेत गरे।

पूर्वएमाले पृष्ठभूमिका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का वरिष्ठ नेता झलनाथ खनाल पनि वर्तमान राजनीतिमा ओलीले प्रस्तावमा जोड दिएका कतिपय विषयको कुनै अर्थ नरहेको बताउँछन्।

उनी भन्छन्,‘हामीले एकता केका आधारमा गरेका थियौँ? त्यो त सबैलाई हेक्का थियो? अहिले आएर विगत कोट्याउनुको कुनै अर्थ छैन। हामी धेरै अगाडि बढिसकेका छौँ।’

ओलीले शनिबार सचिवालय बैठकमा प्रचण्डविरुद्ध पेश गरेको जबाफी प्रस्तावमा प्रचण्डले पूर्वएमालेमाथि धोकाधढी गरेको आरोप लगाएका छन्।

प्रचण्डको अस्थिर र विचलित स्वाभाव रहेको र कुनै पनि बेला हाल उनको समर्थनमा उत्रिएका नेताहरुलाई धोका दिने ओलीको घुमाउरो सन्देश थियो।

ओलीले आफ्नो प्रस्तावको बुँदा नम्बर सातमा प्रचण्डलाई इंगित गर्दै भनेका छन्,‘निर्वाचन–सफलताको उन्मादमा तपाईँले पहिले गिरिजाप्रसाद कोइरालालाई र पछि माधवकुमार नेपाललाई अन्तिम अवस्थामा धोखा दिनु भयो। उम्मेवादवारी दाखिला गर्नुभन्दा केही मिनेट अगाडि मात्र संसदीय दलको कार्यालयमा तत्कालिन नेकपा(एमाले) महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन भन्ने जनाउ दिएको सायद बिर्सनु भएको छैन होला। कसको इशारामा र योननामा भएका थिए यी सबै दाउपेच?’

ओलीले थपेका छन्,‘ तैपनि तत्कालिन नेकपा(एमाले) जनादेशलाई कदर गर्दै माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्ने पक्षमा उभियो।’

ओलीले ३८ पृष्ठ लामो आफ्नो प्रस्तावमा प्रचण्डको विरोधाभाषी सोच र कार्यशैलीले दिग्भ्रमित पारेको विषयमा समय धेरै खर्चिएका छन्। ‘भत्काउने–बनाउने–फेरि भत्काउने जस्ता विषयलाई प्रचण्डले गर्वको विषय बनाउने गरेको आरोप लगाउन पनि ओली पछि परेका छैनन्।

प्रचण्डले शान्ति प्रक्रियाका बेला बदमासी गरेको, संविधान निर्माणका क्रममा गरिएको सहमति उल्लंघन गरेको, आफ्नो विगतको सरकारलाई सात महिना नपुग्दै ढाल्न खोजेको, आफैले नेतृत्व गरेको सरकार पनि सरकारी संयन्त्र मा जथाभावी हस्तक्षप गर्दा ढलेको, पार्टी एकताको सहमतिबारे विदेशी भूमिमा पुगेर खुलासा गरेको, पार्टी एकतासम्बन्धी आफ्नो भूमिका शुन्यमा सिमित राखेको जस्ता दर्जनौँ आरोप ओलीले लगाएका छन्।

आफ्नो सहमतिबिना प्रस्ताव पेश गरेर पार्टी अनौपचारिक रुपमा विभाजित भएको पनि ओलीको प्रचण्डमाथि आरोप छ।

र, पार्टी एकताको दिशातर्फ अघि बढ्ने हो भने प्रचण्डले अब आफ्नो प्रस्ताव फिर्ता लिएर माफी माग्नुपर्ने शर्त पनि ओलीले शनिबारको सचिवालय बैठकमा मौखिकरुपमा अघि सारेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?