आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायसँग अन्तर्वार्ता

‘सर्ने र नसर्ने रोगमा आयुर्वेदको उपयोगबारे एक महिनामा प्रमाण दिँदैछौँ’

‘सर्ने र नसर्ने रोगमा आयुर्वेदको उपयोगबारे एक महिनामा प्रमाण दिँदैछौँ’
+
-

सयौँ वर्ष अगाडिबाटै आयुर्वेद चिकित्सा अपनाउँदै आएपनि पछिल्लो समय यो चिकित्सा ओझेलमा परेको छ। बिरामी उपचारका लागि एलोपेथिक चिकित्सातर्फ आकर्षित भइरहेका छन्। आयुर्वेदलाई धेरैले उपचार पद्धतिको रुपमा स्वीकार गर्न अन्कनाइरहेका छन्। तर एलोपेथिक उपचारपछि ठिक नभएका कतिपय बिरामी आयुर्वेदमा धाउने गरेका छन्। अन्य समयमा गुमनाम जस्तै आयुर्वेद प्रायजसो महामारीका बेला चर्चामा आउने गर्छ। अहिलेको समय पनि उस्तै छ। कोरोना भाइरसले आतंक मच्चाइरहँदा आयुर्वेद भन्ने शब्द धेरैको मुखबाट निस्कन थालेको छ। मानिसहरु घरघरमा जडिबुटी प्रयोग गरिहेका छन्। यही महामारीका धेरैले आयुर्वेदको महत्व बुझेका छन्। खासमा यस्ता महामारीका बेला आयुर्वेदको भुमिका कस्तो रहन्छ? आयुर्वेद चिकित्सा महत्व के? उपचार कसरी? यस्तै विषयमा केन्द्रित रहेर आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायसँग गरिएको कुराकानीः

विभिन्न महामारीका बेला आयुर्वेद तथा वैकल्पिक चिकित्साको भूमिका वा महत्व कस्तो रहन्छ?
आयुर्वेद स्वस्थ रहनका लागि हाम्रो पूर्वीय सभ्यतामा वा नेपालमा आयुर्वेद विषय वस्तुको पहिल्यैदेखि वर्णान गरिएको छ, सबै रोगमा। जस्तै स्वस्थ रहनका लागि पनि विषय वस्तुको वर्णान गरिएको छ, सँगसँगै रोगी अवस्थामा पनि गरिएको छ। र, सँगसँगै यस्तो महामारी फैलिएको अवस्थामा पनि जनपद्ध्वंस भन्ने शब्द प्रयोग भएको छ। अर्थात एकै समयमा धेरै संख्यामा मानिस विरामी हुन्। मृत्युको विषय बस्तुको पनि आचार्य चरक संहितामा राम्रोसँग वर्णान गरिएको छ। तत्कालीन अवस्थादेखि नै यसको सबै व्यवस्थापनको कुरा आयुर्वेदले बोलेको छ। तर त्यसलाई प्रयोगमा ल्याउने क्रममा हामी अलि आधुनिकसँग समन्वय गरेर जाँदा अलिकति पछाडि परेको अवस्था चाँहि छ।

विशेषगरी महामारीका बेला यो चिकित्सालाई लिएर विभिन्न हल्लाहरु आइरहन्छन्। आयुर्वेद चिकित्सा कहिलेकाहिँ गलत सूचनाको कारक बनिदिन्छ। यसको नियन्त्रणका लागि के गर्न सकिन्छ, तपाईँहरुले के गर्नु भएको छ?
गलत प्रचार प्रसार अथवा भ्रामक सूचनाहरु आयुर्वेद चिकित्सा मात्र नभएर कुनै पनि चिकित्सा विधमा पनि आइरहेकै अवस्था हो।  कोभिडका विषयमा कुरा गर्दा अहिलेसम्म कुनै पनि औषधि पत्ता लागिसकेको अवस्था छैन। विश्व नै यसको नियन्त्रणका लागि विभिन्न औषधि तथा खोपको सोधमा लागिरहेको छ। त्यो अवस्थामा हामीले एक वर्षदेखि प्रोटोकल जारी गरेर आयुर्वेदका ग्रन्थमा बोलेका रोगसँग लड्न क्षमता बढाउनका लागि कस्ता कस्ता विषय बस्तुहरु प्रयोग गरेर रोकथाम गर्न सक्छौँ, कोभिडलाई निको पार्ने होइन, कोभिड लगायत कुनै पनि रोगसँग लड्नका लागि शरीरलाई मजबुत बनाउन सक्छौँ भनेर हामीले गाइडलाइन जारी गरियो। त्यही बमोजिम हामीले प्राक्टिस गर्न देशभर परिपत्र गरियो। तर त्यहीबीचमा कही–कहिँ भ्रामक रुपमा हामी कोभिड ठिक पार्छौँ, कोभिड केही पनि होइन, हल्ला मात्रै हो भन्ने अलिकति भ्रामक प्रचार गरियो। फेरि यो आयुर्वेदका मानिसले मात्रै गरे भन्न मिल्दैन। जोसुकैले पनि गर्न सक्छ।  तर यो विवादको विषय थियो।

विश्व कै लागि यो नौलो विषय वस्तु हो कोरोना भाइरस। यसले गर्दा मानिसहरुले आफ्ना शंका, कुशंका, राय, प्रतिक्रिया दिन सक्छन्। तर उनीहरुले भन्ने गरेका कतिपय कुराहरुमा आयुर्वेदलाई नै किटान गरेर यो जडिबुटीबाट कोरोना भाइरस ठिक पार्छौँ भनेर गरिएको प्रचार प्रसार गलत थियो।  त्यस्ता व्यक्तिलाई हामीले स्वास्थ्य मन्त्रालय, नेपाल आयुर्वेद मेडिकल काउन्सिल मार्फत परिपत्र गरेर यस्तो भ्रामक प्रचारप्रसार गरेर कोभिडलाई ठिक पार्छु भन्ने होइन। कोभिडसँग शरीरलाई लड्न सक्ने क्षमता आयुर्वेदमा छ। आयुर्वेदका जडिबुटीहरुमा छ। त्यस कारणले कोरोना भाइरसले शरीरमा गर्न सक्ने पार्श्व प्रभाव वा नोक्सानहरुलाई हामी रोकथामको पाटोबाट जानु पर्छ भनेर हामीले परिपत्र पनि गरेका छौँ।  विभिन्न सञ्चार माध्यमबाट पनि भ्रामक सूचनाको पछाडि नलागेर यसलाई आधिकारीक चिकित्सक, स्वास्थ्यकर्मीहरुसँग समन्वय गरेर औषधि सेवन गर्नुहुन जानकारीमूलक सूचना दिने गरेका छौँ। यसका साथै काउन्सिल मार्फत आधिकारिक रुपमा नियन्त्रणका लागि प्रयासहरु गरिरहेका छौँ।

आयुर्वेद औषधि वितरण तथा उपचारका लागि काउन्सिलमा दर्ता भएको हुनु पर्छ? कोरोना भाइरस संक्रमितको उपचारका लागि औषधि बाँडिएको थियो नि?
हो, हाम्रो नेपाल आयुर्वेद चिकित्सा परिषद् छ। त्यसमा प्यारामेडिक्स्, चिकित्सक, विशेषज्ञ चिकित्सकहरुको दर्ता हुने अवस्था छ। त्यसकारणले हामीले विभिन्न सूचनाहरु जारी गर्दा पनि यदि कसैसँग उपचारको व्यवस्थापन गर्नु हुन्छ अथवा औषधि सेवन गरिरहनु भएको छ भने त्यो औषधि वितरण गर्ने वा तपाईँलाई काउन्सिलिङ गर्ने व्यक्ति आयुर्वेद काउन्सिलमा दर्ता छ कि छैन, उसको स्ट्याटस के हो बुझेर आधिकारिक व्यक्तिसँग मात्रै समन्वय गर्नु होला, उपचारका लागि जानु होला भनेर हामीले परिपत्र गरेका छौँ।

कुनै पनि जडिबुटिले कोरोना भाइरसको संक्रमणलाई नष्टै गर्छ भनेर अहिलेसम्म कुनै पनि प्रमाणित भइसकेको छैन। तर यसलाई केही हलसम्म रोक्न भने सक्छौँ। शरीरलाई बलियो बनाउन सक्छौँ। यो हामीले प्रमाणित पनि गरिसकेका छौँ। त्यसकारण यसको अनुसन्धान भइसकेपछि मात्रै यसले ठिक गर्ने वा नगर्ने भन्ने कुरा बोल्दा ठिक हुन्छ।

अहिलेसम्म हाम्रो विभागले कस्सिएर लागेको भनेको आयुर्वेदको विषयमा जनमानसमा सकारात्मक सोचाइ ल्याउनु नै हो। अहिले कोरोना भाइरस फैलिँदै गर्दा प्रत्येक घरले आयुर्वेदिक औषधिहरु प्रयोग गरिरहेका छन्। चाहे उनीहरुले जानेर गरिरहेका छन् वा नजानेर गरिरहेका छन्। हामीले भान्सामा प्रयोग गरिरहेका मसलाहरु पनि जडिबुटी हुन् है भन्ने कुरा हामीले बुझाउने प्रयास गरिरहेका छौँ।

यस्तो विपदका बेला यो चिकित्सालाई सही रुपमा स्थापित गर्नका लागि क–कसले के–के गर्नु पर्छ?
आयुर्वेद स्वास्थ्य सेवाहरुले सयौँ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेका छौँ। कोभिड आउनुभन्दा अगाडि नसर्ने रोगको समस्या थियो। नेपालमा पनि ६० देखि ७५ प्रतिशत नसर्ने रोगका कारण मानिसहरुको मृत्यु भइरहेको छ। नसर्ने रोगको रोकथामका लागि विश्व स्वास्थ्य संगठनले मानिसले सबैभन्दा पहिला आफ्नो जीवनशैली परिवर्तन गर्नु पर्छ भनेको छ। त्यसकारणले हामीले आयुर्वेदमा वर्णान गरिएका स्वस्थकर जीवनशैली अपनायो भने यस्ता रोगहरुबाट जोगिन सक्छौँ भनेर योगका कुरा, आयुर्वेदको जीवनशैलीको कुरा- जस्तै के खान हुने वा के खाना नहुने सबै सार्वजनिक गर्‍यौँ। आयुर्वेदिक स्वास्थ्य संस्थाबाट सूचनामूलक जनचेतना फैलाउने काम गर्‍यौँ।

त्यस्तै यो कोभिड जस्तो महामारी आइसकेको बेलामा पनि हाम्रा आयुर्वेदका ग्रन्थहरुले यसबाट हुने रोकथामका लागि के गर्न सक्छौँ भनेर गाइडलाइन जारी गरेर आयुर्वेदका स्वास्थ्य संस्थाहरु मार्फत क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई होम आइसोलेसनमा बसेका व्यक्तिहरुलाई र कोभिड अस्पतालमा पनि औषधि खुवाउने प्रयास गर्‍यौँ।

आयुर्वेदका विभिन्न स्वास्थ्य संस्थाहरु मार्फत सेवाहरु दिइरहेको अवस्था अझै पनि छ। आयुर्वेद स्वास्थ्य संस्थामा आएका कोभिड बिरामीहरुलाई पनि आयुर्वेद र योगको माध्यमबाट उहाँहरुलाई उपचार गर्ने प्रयास गरिरहेका छौँ। त्यहाँबाट उपचार सेवा लिएर फर्केका व्यक्तिहरुको प्रतिक्रिया लिँदाखेरि धेरै नै सकारात्मक प्रतिक्रिया आइरहेको छ। आयुर्वेदका स्वास्थ्य संस्थाहरुले बिरामीलाई कोभिडसँग लड्नका लागि शारिरीक र मानसिक रुपमा धेरै मेहनत गरिरहेका छन्।

सरकारबाट केही सहयोग भएको छ वा छैन? अहिले आयुर्वेद चिकित्साको अवस्था कस्तो छ?
एक बेला जब आधुनिक चिकित्सा पद्धतिको विकास भइसकेको थिएन तबसम्म यही (आयुर्वेद) चिकित्सा पद्धती स्वर्णिम थियो। जस्तो वैद्यखानालाई हेर्ने हो भने साढे तीन सय वर्षको यसको इतिहास छ। त्यो बेला राजपरिवारदेखि सम्पूर्ण सर्वसाधारणलाई चिकित्सा सेवा वैद्यखानाले नै प्रवाह गरिरहेको थियो। पछि क्रमश: जाँदै गर्दा अनुसन्धानको प्रभावले गर्दा आयुर्वेदिक चिकित्सा अलिकति ओझेलमा परेको जस्तो देखिन्छ। प्रमाण दिन नसकेको हिसाबले। त्यसै कारणले अहिले नेपाल सरकारको सहकार्यमा हामीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् मार्फत अनुसन्धान गरेर यसको प्रमाण देखाउने छौँ। यदि यसको प्रमाण राम्रो आयो भने मलाई लाग्छ यसको प्रमाण एक महिनाभित्र सार्वजनिक हुन्छ। प्रमाण आइसकेपछि हामी के भन्न सक्छौँ भने आयुर्वेदका जडिबुटीहरु अथवा आयुर्वेदका औषधिहरु, आयुर्वेदका जीवन पद्धतहिरु पनि विभिन्न सर्ने र नसर्ने रोगहरुसँग लड्नका लागि प्रभावकारी हुन सक्छ भन्ने देखाउन सक्छौँ।

हामीसँग भएको जनशक्तिको र पूर्वाधारको आधारका हामीले विभिन्न कार्यक्रम अगाडि बढाएका छौँ। क्रमश संस्थाहरु विकास हुँदै जान्छन्। जनशक्तिहरु विकास हुँदै जान्छन्। र, यसको विकास पनि बढ्दै जान्छ।

यसका लागि तपाईँको विभागले के गरिरहेको छ?
अहिलेसम्म हाम्रो विभागले कस्सिएर लागेको भनेको आयुर्वेदको विषयमा जनमानसमा सकारात्मक सोचाइ ल्याउनु नै हो। अहिले कोरोना भाइरस फैलिँदै गर्दा प्रत्येक घरले आयुर्वेदिक औषधिहरु प्रयोग गरिरहेका छन्। चाहे उनीहरुले जानेर गरिरहेका छन् वा नजानेर गरिरहेका छन्। हामीले भान्सामा प्रयोग गरिरहेका मसलाहरु पनि जडिबुटी हुन् है भन्ने कुरा हामीले बुझाउने प्रयास गरिरहेका छौँ। योसँगै हामीले एउटा उद्देश्य बोकेका छौँ। त्यो के हो भने आयुर्वेद भनेको जडिबुटी मात्रै होइन। आयुर्वेद भनेको जीवन जीउने सम्पूर्ण पद्धति वा जीवन शैलीको कुरा गर्छौँ। शरीर मात्र स्वस्थ भएर हुँदैन, मानसिक रुपमा पनि स्वस्थ हुनु पर्छ भन्ने कुरा बुझाउन सकेको छौँ। प्रत्येक व्यक्तिले स्वस्थ रहन ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ हो मैले के गर्न हुने र के गर्न नहुने भन्ने कुरा हामीले बुझाउने प्रयास गरेका छौँ।  यसका लागि हामीले विभिन्न कार्यक्रम सुरु गरिरहेका छौँ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?