फेसबुकमा अश्लिल फोटो हाल्‍ने भन्‍दै ठग्‍ने दुईजना पक्राउ

फेसबुकमा अश्लिल फोटो हाल्‍ने भन्‍दै ठग्‍ने दुईजना पक्राउ
+
-

पर्सा-फेसबुक एकाउन्ट ह्याक गरी अश्लिल तस्बिर समाजिक सञ्जालमा हालिदिने भन्दै एक महिलाबाट ३० हजार रकम ठगी गर्ने दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका ३ बस्ने ३१ बर्षिय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका बस्ने २३ बर्षिय मनिषा गिरी रहेका छन्।

बाराको जितपुर सिमरा उप महानगरपालिका २ बस्ने एक महिलाले जिल्ला प्रहरी कार्यालयमा आफनो अश्लिल तस्बिर राखि दिने भन्दै ३० हजार ठगिएको भनी दिएको उजुरीको आधारमा प्रहरीले ती दुबैजनालाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुले ३० हजार रकम मेरो नाउँमा पठाउ नत्र तिम्रो अश्लिल तस्बिरहरू नेट मार्फत समाजिक संजालमा राखी दिन्छु भनी विभिन्न डरत्रास देखाई ठगि गरेको प्रहरीले जनाएको छ।

रकम ठगिएको बिषयमा सुराक पता लगाउदै जाने क्रममा प्रहरीले साह र गिरीलाई ती महिलासित ठगिएको रकम ईटहरी उपमहानगरपालिका ६ ईटहरी बजार अन्तर्गत रहेको बैंकबाट रकम झिकिरहेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता एवम डिएसपी गौतम श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका दुबैजना बिरुद्ध आपराधिक लाभ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष