आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायसँग कुराकानी

‘मात्रा मिलाएर खाँदा अमृत समान हुन्छ गुर्जो’

+
-

पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि जथाभावी रुपमा जडिबुटी प्रयोग भइरहेको छ। विज्ञहरुका अनुसार कुनै पनि औषधिको मात्रा हुन्छ, त्यो जडिबुटीमा पनि लागू हुने गर्छ। व्यक्ति आफूलाई स्वस्थ राख्नका लागि जडिबुटी प्रयोग गर्ने गर्छ भने त्यसको कम मात्रामा सेवन हुन सक्छ। तर कुनै रोगको उपचारका लागि जडिबुटीको प्रयोग गरिहेको छ भने त्यसको मात्रा मिलाएर सेवन गर्नु पर्ने हुन सक्छ।

यसको जथाभावी प्रयोग गर्दा नकारात्मक असरहरु देखिन सक्ने विज्ञहरुले बताएका छन्। जसले गर्दा व्यक्ति आफैलाई हानि पुर्‍याउन सक्छ। त्यसैले आयुर्वेद चिकित्सकसँग सल्लाह सुझाव लिएर मात्र आयुर्वेदिक औषधिहरुको सेवन गर्नु उपयुक्त हुने उनीहरु बताउँछन्। विज्ञहरुका अनुसार चिकित्सकको सल्लाह बमोजिम मात्र आयुर्वेद औषधिको प्रयोग गर्नु पर्छ। उनीहरुका अनुसार घरमै पाइने जडिबुटीको सेवन कसरी गर्ने भन्ने कुरा थाहा पाउन आवश्यक छ।

यस्तै पछिल्लो समयमा आयुर्वेद औषधिको प्रयोग बढ्न थालेको छ, अझ विशेषगरी गुर्जोको। गुर्जोको प्रयोग जथाभावी भइरहेको पाइन्छ। गुर्जोको सेवन गर्दा पनि अन्य औषधि जस्तै मात्रा मिलाएर सेवन गर्नु पर्ने चिकित्सकहरुले बताएका छन्। कसरी गर्ने त गुर्जोको प्रयोग? गुर्जोका फाइदा र बेफाइदा के–के हुन सक्छन्?

यसै विषयमा केन्द्रित रहेर आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायसँग गरिएको कुराकानीः

गुर्जो केका लागि?
आयुर्वेदका ग्रन्थहरुमा वर्णन गरिएको अमृत सम्मान गुन भएको वा अमुल्य गुण भएको जडिबुटी मध्ये एक गुर्जो पनि हो। जसलाई ‘डिनोसफोरा कोडिफोलिया’ भनिन्छ। संस्कृतमा ‘अमृता’ भनिन्छ। नेपालमा ‘गुर्जो’ भनिन्छ। हिन्दीमा ‘गिल्वय’ भनिन्छ। यो यस्तै विभिन्न नामबाट परिचित छ।

अमृतको परिभाषा मैले भनिरहनु पर्दैन। अमृत सम्मान गुण भएको हुनाले अमृता भनिएको छ। तर यस्ता जडिबुटीहरु अमला, हर्रो, गुर्जो, तुलसी जस्ता जडिबुटी नेपालका बहुमूल्य जडिबुटीहरु हुन्। यी जडिबुटीलाई हामीले उपयोग गर्न सकिरहेका छैनौँ। यस्ता बहुउपयोगी जडिबुटीलाई हामीले कौडीको रुपमा फालिरहेका छौँ।

गुर्जोको नियमित सेवन गर्न सक्छौँ। चाहे स्वास्थ्य प्रवद्धनका लागि र औषधिका लागि प्रयोग गर्न सक्छौँ। गुर्जोलाई शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सेवन गर्ने हो भने त्यसको मात्रा मिलाएर काडा अर्थात चियाको रुपमा दैनिक प्रयोग गर्न सक्छौँ। दैनिक दुईदेखि पाँच ग्रामको बिचमा एक पटक सेवन गर्न सकिन्छ।  राम्रोसँग पानी उमालेर पिउनु पर्छ।
स्वस्थ व्यक्तिले गुर्जो काडा वा चियाको रुपमा सेवन गर्न सक्छ। यदी कुनै व्यक्तिमा अरु रोगहरु छ भने चिकित्सकसँग सल्लाह गरेर आफ्नो समस्या बताएर उनीहरुको सल्लाह अनुसार सेवन गर्नु पर्छ।

अहिले गुर्जोको चर्चा किन?
यसमा दुई वटा कुरा छन्। कतिपयले पहिल्यैदेखि गुर्जोको प्रयोग गरिरहेका थिए। जस्तै मधुमेह, उच्च रक्तचापका बिरामीले नियमीत रुपमा यसको प्रयोग गरिरहेका थिए। अहिले आएर सर्बसुलभ रुपमा उपलब्ध हुन सक्ने जडिबुटी भएको भएर र विभिन्न रोगहरुसँग लड्न सक्ने क्षमता भएको भएर प्रचारप्रसार बढी भयो। मानिसहरुले यसको उपभोग बढी गरेको देखिन्छ।  यसको अमृत जस्तै गुण छ। कोभिडको मात्रै होइन, अन्य विभिन्न रोगसँग लड्नका लागि बलियो बनाउँछ।

पछिल्लो समय गुर्जो यत्रत्यत्र बेच्न राखेको पाइन्छ नि?
यो कुरा सबैले बुझ्न जरुरी छ। गुर्जो जथाभावी प्रयोग गर्नु हुँदैन। गुर्जोमा चाहिने तत्वहरु जबसम्म विकास भइसक्दैन, त्यसको प्रयोग अर्थ विहीन बनिदिन्छ। कलिलोमा टिपेर सेवन गर्नु हुँदैन। हामीले बनाएको गाइड लाइनमा भनिएको छ, ‘कम्तिमा पनि गुर्जो प्रयोग गर्नका लागि दुईदेखि पाँच वर्ष पुरानो हुनु पर्‍यो। गुर्जोको डाँठको मोटाइ कम्तिमा पनि बुढीऔँलादेखि कान्छी औँलाको बीचको हुनुपर्‍यो।’ अन्यथा त्यसमा चाहिने तत्वहरु हुँदैन। सामान्य भाषमा भन्नु पर्दा गुर्जोमा चाहिने तत्वहरु दुई वर्षपछि मात्र विकास हुँदै जान्छ।

अझै गुर्जो कुन मौसममा टिप्ने भन्ने पनि छ। त्यसले गर्दा गुर्जोको प्रयोग गर्दा प्रभावकारी हुने किसिमले मात्रै प्रयोग गर्नु पर्छ। गुर्जोको सेवन फाइदा जनक भन्दैमा पात, जराको प्रयोग गर्नु हुँदैन। यसको मसिनो डाँठको सेवन पनि गर्नु हुँदैन।  गुर्जोलाई उसको मौसम अनुसार काटेर वा कुटेर सुकाएर त्यसको पाउडर बनाएर चियाका रुपमा एक गिलास पानीमा दुईदेखि पाँच ग्राम राखेर दैनिक एक पटक नियमित सेवन गर्न सकिन्छ।

गुर्जोको सकारात्मक प्रमाण के छ?
गुर्जो कोभिडका बेला मात्रै भनेको होइन। आयुर्वेदले हजारौँ वर्षदेखि यसको प्रभावकारिता वा गुण हेरेर यसलाई अमृत नाम दिइएको हो।

यसलाई नियमित रुपमा सेवन गर्न सक्छौँ। यसको मुख्य काम भनेकै कुनै पनि रोगसँग लड्नका लागि शरीरको क्षमण बलियो बनाउँछ। अहिले मात्रै होइन। अन्य समयमा पनि पटक पटक रुघा–खोकी लाग्छ। ज्वरो आउँछ। टाउको दुख्छ भने उनीहरुका लागि गुर्जो फाइदा जनक हुन्छ। किनकि गुर्जोले शरीरलाई भित्रैबाट मजबुत बनाउँछ। सँगसँगै विशेषगरी उपचाररत रुपमा प्रयोग गर्दा ज्वरोको ‘क्रोनिक फिभर’ कसै गरी निको भएको छैन भने यसको नियमित सेवनले निको हुन्छ।

पछिल्लो समय गुर्जोको अत्याधिक सेवनले कलेजोका बिरामी बढे भन्ने सुनिएको छ। त्यो एकदमै गलत कुरा हो। यसले कलेजोका रोगीहरुका लागि पनि उपचाररत रुपमा प्रभावकारी देखिएको छ। यो विभिन्न रोगहरुको उपचारको रुपमा पनि प्रयोग गर्न सकिन्छ। सँगसँगै विभिन्न रोगहरु सँग लड्नका लागि शरीरको रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि नियमित रुपमा सेवन गर्न सकिन्छ।

गुर्जोको धेरै सेवन गर्‍यो भने के हुन्छ?
बढी प्रयोग गर्‍यो भने अलिकति यसमा तिक्त रस भएको हुनाले कहिले काही लो–प्रेसर भएको व्यक्तिलाई ‘हाइपरटेन्सन’ हुन सक्छ। कहिले काही सुगर लेभल कम भएको छ भने त्यसलाई ‘हाईपोक्लाईसिमा’ भएको हुन सक्छ। कहिलेकाहिँ ‘डाइजेस्टिभ सिस्टमलाई’ प्रभाव पार्न सक्छ।  तिक्त रस भएको हुन सक्ने भएकाले त्यस्तो हुन सक्छ। तर हल्का मात्रमा एक–दुई ग्राम अगाडि पछाडि भएर तुरुन्तै मान्छे ‘ड्यामेज’ हुने वा रोग नै देखिने भन्ने कुरा प्रमाणित भइसकेको छैन। तर पनि कुनै पनि औषधि जथाभावी रुपमा मात्र विहिन सेवन गर्नु हुँदैन। यो कुरा हामीले पटक–पटक भनि पनि रहेका छौँ।  त्यसकारणले मात्र मिलाएर चिकित्सकको सल्लाह अनुसार सेवन गर्दा गुर्जोले अमृत सम्मान काम गर्छ।

यो पनि पढ्नुहोस्

‘सर्ने र नसर्ने रोगमा आयुर्वेदको उपयोगबारे एक महिनामा प्रमाण दिँदैछौँ’

‘सर्ने र नसर्ने रोगमा आयुर्वेदको उपयोगबारे एक महिनामा प्रमाण दिँदैछौँ’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?