फाेटाे फिचर

प्रशिद्ध पाथीभरा मन्दिरको यात्रा तस्बिरहरु मार्फत

प्रशिद्ध पाथीभरा मन्दिरको यात्रा तस्बिरहरु मार्फत
+
-

ताप्लेजुङ्ग (ताप्लेजुङ्ग) – प्रशिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा कोरोना भाइरसको महामारीका बिच पनि दर्शन तथा सो क्षेत्रको अवलोकनका लागि पुग्नेहरु भेटिन्छन् ।

समूद्र सतहबाट तीन हजार ७९४ मिटरको उचाईमा रहेको पाथीभरा मन्दिर दर्शनका लागि सामान्य अवस्था र सिजनको बेला दैनिक २५ हजारसम्म दर्शनार्थी पुग्ने छन् ।

तर अहिले दैनिक १७ सयसम्म दर्शनार्थी पुग्ने गरेको मन्दिर व्यवस्थापक राजेन्द्र महतले जानकारी दिए । पाथीभरा मन्दिरमा मंगलबार र शनिबार दर्शनार्थीको विशेष भिड लाग्छ । अरु दिन नित्य पूजा हुन्छ ।

मनोकामना पूरा हुने विश्वासका साथ देशभरबाट दर्शनार्थी मनोरम स्थानमा रहेको पाथीभरा मन्दिर पुग्छन् । तीन पटकसम्म दर्शन गर्नु पर्ने विश्वास पनि रहेका कारण कतिपय दर्शनार्थी एक भन्दा धेरै पटक मन्दिर पुगेका भेटिन्छन् ।

लकडाउनका बेला पनि मन्दिरको मुल गेट खुला रहेको र दैनिक नित्य पूजा जारी राखेको तथा सो बेला पनि दैनिक २०–२५ जना दर्शनका लागि पुग्ने गरेको व्यवस्थापक महतले बताए ।

उकालो चढ्नु पर्ने भएकाले गाह्रो हुनेहरुका लागि बोक्नका लागि भरियाहरु पनि छन् । हिँड्न सक्नेहरु वरपरको मनोरम दृष्य हेर्दै उक्लिन्छन् । नसक्नेहरु भरियाको सहारामा मन्दिरसम्म पुग्छन् ।

पाथीभरा देवीलाई साक्षत देवीका रुपमा मानिन्छ । अवस्थिति अन्न भरेको पाथी जस्तै आकृतिको भएकाले नै पाथीभरा भनिएको कथन रहने गरेको छ ।

किम्बदन्ती अनुसार भेडा गोठालाले गोठ पाथीभरामा सारेका बेला उनीहरुका सबै भेडा हराएपछि चिन्तित भएका थिए।

राति देवीले आत्मबोध गराउँदै भेडा बलीसहित पूजाअर्चना गर्न निर्देशन दिएपछि उनले सोही अनुसार बलीसहित पूजा गरेपछि हराएका सबै भेडा फेलापरेका थिए। त्यसपछि देवीलाई साक्षत देवीको रुपमा पूजा अर्चना गर्ने प्रचलन रहिआएको विश्वास छ।

देश सञ्चारका प्रभात खनाल पाथीभर पुगेर त्यहाँको दृष्य केही तस्बिरमा समेट्ने प्रयास गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?