जितका लागि ‘अप्रिय’ कदम चाल्दा पनि प्रधानमन्त्रीलाई साथ दिने राष्ट्रपतिको संकेत

जितका लागि ‘अप्रिय’ कदम चाल्दा पनि प्रधानमन्त्रीलाई साथ दिने राष्ट्रपतिको संकेत
+
-

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप खेपेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको प्रस्तावलाई हालको अवस्थामा अस्वीकार गर्न नसक्ने संकेत दिएकी छन्।

पार्टी निर्णय उल्लंघन गरेको र आफूलाई अपमानित गरेको भन्दै ओलीसँग वारपारको लडाईँमा उत्रिएका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्नेक्रममा राष्ट्रपति भण्डारीले त्यस्तो संकेत दिएको प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले देशसञ्चारलाई बताए।

उनले भने, ‘अध्यक्ष प्रचण्डसँग राष्ट्रपतिले आफ्नो संवैधानिक सीमा थाहा भएको तर अफठ्यारो परिस्थितिमा प्रधानमन्त्रीलाई साथ दिनुपर्ने हुन पनि सक्छ भन्नु भएको रहेछ।’

ती सदस्यका अनुसार राष्ट्रपतिको उक्त संकेत संसद विघटनसम्मको काम नहोला भन्न सकिन्न।

प्रचण्डले प्रधानमन्त्री ओलीले कुनै अध्यादेश, संसद विघटन जस्ता ‘अप्रिय’ कदम चालेमा मुलुककै राष्ट्रपतिको हैसियतमा त्यसलाई साथ नदिन गरेको आग्रहमा राष्ट्रपति भण्डारीको त्यस्तो प्रतिक्रिया आएको बुझिएको छ।

राष्ट्रपति भण्डारीले बिहीबार साँझ प्रचण्डसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओलीसँग करिव दुई घण्टा छलफल गरेका थिए।

राष्ट्रपति भण्डारी नेकपाको आन्तरिक विवादमा मुछिदा नकारात्मक सन्देश गएको भन्दै पार्टी र प्रतिपक्ष दलबाट विरोध भइरहेको छ।

शुक्रबार ओलीविरुद्ध कठोर रुपमा प्रस्तुत भइरहेका प्रचण्ड र अर्का वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थीहरुको काठमाडौँमा भएको भेलालाई संवोधन गर्ने क्रममा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति भण्डारी मुछिएर गलत प्रवृति स्थापित गर्ने कोशिस गरेको बताइन्।

उनले भनिन,‘राष्ट्रपतिलाई किन मुछेको हाम्रो विवादमा? अनि राष्ट्रपतिपनि किन रमाइरमाई नेताहरुलाई बोलाइरहेको? राष्ट्रपतिकहाँ पुगेर गरेको सहमति कति दिन टिक्यो? सबैको हिसावकिताव चाहिन्छ अब?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?