गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल सबैभन्दा पहिले पूरा हुन्छ: भट्टराई

गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल सबैभन्दा पहिले पूरा हुन्छ: भट्टराई
+
-

बुटवल- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिला निर्माण सम्पन्न हुने बताएका छन् ।

करीब १ महिनापछि निर्माणका लागि तय भएको मिति सकिनैलाग्दा मन्त्री भट्टराईले अहिले नै सम्पन्न गर्न कति समय लाग्छ भन्ने यकिन नभएपनि गौरवका आयोजनामध्ये सबैभन्दा पहिले काम सकिने बताए।

शनिबार निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै मन्त्री भट्टराईले कोभिड–१९ का कारण निर्माण पूरा हुने समय पर्खिनु र हेर्नुको परिस्थितिमा रहेको बताए ।

उनले आयोजनाको म्याद थप गर्नुपर्ने कारण दिन आयोजनालाई २५ दिन होमवर्कको समय दिएको बताएका छन् । आयोजनाले काम पूरा गर्न नसक्ने अवस्था भएमा सरकारले आफै नै आयोजनाको काम सम्हालेर बाँकी काम पूरा गर्ने मन्त्री भट्टराईले बताए।

विमानस्थलको काम यथाशिघ्र पूरा गरी अन्तर्राष्ट्रिय उडानको लागि एयरलाइन्सहरुसँग अधिकतम प्रयास भइरहेको उनको भनाइ छ ।

‘आयोजना लथालिंग हुँदैन, अब अल्झिनु हुँदैन, नेपाली प्राविधिकबाट हुने काम गरिहालौं, नरोकौं, हाम्रोतर्फबाट केही ढिलाई भएको छैन, प्रधानमन्त्रीलाई पनि आयोजनाको बारेमा जानकारी गराएको छु, उनले भने-अब पनि आयोजनाले पूरा गर्न सक्ने अवस्था देखिएन भने सरकारले आफै जिम्मा लिएर काम पूरा गर्छ।’

पछिल्लो समय कोभिड–१९ को कारणले भनेको समयमा विमानस्थल निर्माणसम्पन्न गर्न नसकिएको बताए । आफुले पर्यटन मन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि अन्तिम समयको लागि भनेर डिसेम्बर २०२० सम्म आयोजनाको म्याद थपिएको बताए । थुप्रै देशका अन्तर्राष्ट्रिय एअरलायन्सहरुले गौतमबुद्ध विमानस्थलमा उडानको लागि चासो देखाएको उनले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका आयोजना प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले कोभिड–१९ को संक्रमणको त्रासका कारण विदेशबाट प्राविधिक जनशक्ति आउन तयार नभएकोले यस विषयमा सरकारले पहल गरिदिनुपर्ने बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?