सरकारकै असफलता र अकर्मण्यताको असर सडकमा देखियोः दलहरु

सरकारकै असफलता र अकर्मण्यताको असर सडकमा देखियोः दलहरु
+
-

काठमाडौँ– सरकारको कमजोरी तथा अर्कमण्यताका कारण देशभर जनतामा असन्तुष्टि बढेको र त्यसको परिणाम सडकमा देखिन थालेको तथा केही पक्षहरुले त्यसलाई आफ्नो हित अनुकूल प्रयोग गर्न थालेको दलका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेससहितका विपक्षी दलका नेताहरुले सरकार जनताको भावना विपरीत चलेको र जनता अपेक्षा अनुसार काम गर्न असफल भएको बताए ।

बालुवाटारमा भएको बैठकबाट बाहिरिने क्रममा नेपाली कांग्रेसका नेता डा‍. प्रकाशशरण महतले भने, ‘हामीले सरकार कोभिड–१९ को महामारी नियन्त्रण तथा त्यससँग जोडिएका विषयमा सरकार पूर्ण रुपमा असफल भएको बतायौँ । रोकथाम र उपचारमा नागरिकको पहुँच दिन सकेको छैन । सचेतना अभियान कमजोर भयो । स्वास्थ्यकर्मीको सुरक्षा हुन सकेन ।’

सरकारको तर्फबाट भ्रष्टाचार तथा अनियमितता, विभेदकारी र मदनकारीसत्ता एवम् लोकतान्त्रिक संविधानको मर्म विपरित कमजोर बनाउने प्रयास भएको भन्दै कांग्रेसले गम्भीर ध्यानाकर्षण गराएको उनले बताए ।

हिन्दू राज्य तथा राजसंस्थाको पक्षमा सडकमा भइरहेका आन्दोलन पनि सरकारप्रति जनताको असन्तुष्टिकै परिणाम रहेको बताएको कांग्रेस नेता डा. महतले बताए । उनले भने, ‘त्यो वर्तमान सरकारप्रतिको असन्तुष्टि हो, विभिन्न कोणबाट आ–आफ्नो हित अनुकुल प्रयोग गर्ने प्रयास भएको छ । संविधान कार्यान्वयनमा सरकारले गम्भीर त्रुटि गरेको छ ।’

यस्तै चाँडो भन्दा चाँडो संसद अधिवेश बोलाउन र संवैधानिक निकायमा पद पूर्ति गर्न पनि सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

यस्तै राष्ट्रिय जनमोर्चाका नेता जनकराज शर्माले भ्रष्टाचार तथा अनियमितता भएको बताएको जानकारी दिए । यस्तै सरकारको कार्यशैलीका कारण अहिले विभिन्न खालका जनताका असन्तुष्टि सडकमा देखिन थालेको बताएको उनले उल्लेख गरे ।

यस्तै राप्रपाका नेता दीपक बोहोराले आफ्नो पार्टीले वर्तमान संविधानप्रति प्रतिवद्धता जनाउँदै हाल भइरहेका प्रदर्शनहरुमा नैतिक समर्थन रहेको बताएको जानकारी दिए । उनले भने, ‘हामीले यहि संविधान भित्र हिन्दू राज्य र राजसंस्थाको स्थानका सम्बन्धमा सर्वदलीय छलफल गर्न प्रस्ताव गरेका थियौँ । तर अरु कुनै दलले यसबारे कुनै कुरा उठाएनन् ।’

कोभिड महामारीमा सरकारको असफलता तथा भ्रष्टाचारबारे पनि आफूहरुले कुरा उठाएको उनले बताए ।

प्रधानमन्त्री ओलीले सबै आलोचना तथा सुझावलाई सकारात्मक रुपमा लिएको र आगामी दिनमा त्यसलाई सम्बोधन गर्ने गरी काम गर्ने बताएको नेताहरुले जानकारी दिएका छन् । तर उनले केही आरोपहरु भने आधार हिन रहेको समेत बताएका थिए ।

सत्तारुढ दल नेकपाका तर्फबाट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु पनि सहभागी थिए, तर प्रधानमन्त्री बाहेक कोही पनि बोलेनन् ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, डा‍. प्रकाशशरण महत सहभागी थिए ।

तस्बिरहरु : प्रधानमन्त्रीको सचिवालय

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?