साढे ८ लाखको अबैध सामान र साढे ५ सय बोतल लागुऔषधसहित दुईजना पक्राउ

साढे ८ लाखको अबैध सामान र साढे ५ सय बोतल लागुऔषधसहित दुईजना पक्राउ
+
-

पर्सा-बारा प्रहरीले साढे ८ लाख बराबरको भन्सार छलीका सामानसहित एक महिला र साढे ५ सय बोतल लागुऔषधसहित एक युवक गरी दुईजनालाई पक्राउ गरेको छ।

प्रहरीले भारतबाट भन्सार छली नेपाल ल्याइएको साढे ४ लाखको कपडा डेढ लाखको प्याज र तस्करीमा प्रयोग गरिएको साढे २ लाखको चारवटा मोटरसाईकलसहित महिलालाई पक्राउ गरेको हो। उक्त सामानसहित तस्करीमा संलगन रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका-१ बस्‍ने ३२ वर्षकी रुवि खातुनलाई पक्राउ गरेको हो।

यसैगरि साढे ५ सय बोतल अबैध लागुऔषध ओनेरेक्ससहित एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ। लागुऔषधसहित पक्राउ पर्नेमा पर्सा पकहामैनपुर गाँउपालिका १ धोरे बस्ने २२ बर्षिय जितेन्द्र सहनी रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जितपुर तथा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलीले सहनीलाई जीतपुरसिमरा उपमहानगरपालिका ७ केराढोकास्थित सडक खण्डबाट पक्राउ गरेको हो।

चेकजाँचको क्रममा उनको साथबाट प्रहरीले लागू औषध ओनेरक्स साढे ५ सय बोतल बरामद गरेको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए।अवैध सामान र लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको मिश्रले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष