प्रधानाध्यापक श्रेष्ठ हत्याको जिम्मा विप्लव समूह लियो

प्रधानाध्यापक श्रेष्ठ हत्याको जिम्मा विप्लव समूह लियो
+
-

मोरङ-मोरङ्गको मिक्लाजुंग गाँउपालिकामा भएको शिक्षकको हत्याको जिम्मा नेत्रविक्रम चन्द विप्लव समूहले लिएको छ।

मंगलबार विहान गाँउपालिका १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यपक राजेन्द्रकुमार श्रेष्ठको हत्याको जिम्मा चन्द समूहको नेकपाले विज्ञप्ती जारी गर्दै लिएको हो

नेकपाको मेचीकोशी ब्यूरोका इन्चार्ज प्रतापद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रधानाध्यापक श्रेष्ठलाई नेकपाको गतिवीधि रोक्न, आफूलाई सच्याउन आग्रह गर्दा नमानेको र उग्ररुपमा प्रतिवाद गरेको उल्लेख गरिएको छ। प्रतापले विहान सोही विषयमा सम्झाउन घर जानेक्रममा आक्रमक भई आइलागेको हुदाँ प्रतिकारका क्रममा मृत्यु भएको जनाएका छन्।

यसअघि विप्लव समूहले श्रेष्ठमाथि पार्टीविरुद्ध लामोसमयदेखि सुराकी गर्दै आएको र सच्चिन पटकपटक सुझाव चेतावनी दिदाँ समेत नसुध्रिएको अवस्थमा घटना भएको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा मृतक श्रेष्ठले २०७६ साल फागुन २६ गते पार्टीको मेचीकोशी ब्यूरोको बैठकमा प्रहरीलाई सुराकी गरि दमन गराएको आरोप लगाइएको छ।

मिक्लाजुंग गाँउपालिकामा विप्लव समूहको गतिविधि बढ्दै गएसँगै प्रहरीले विशेष सर्च अभियान गर्दै आएको छ। श्रेष्ठले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी बोलाई अप्रेशन सञ्चालन गराएका विज्ञप्तीमा जनाइएको छ।

त्यसैगरी, केही समय अघि ब्यूरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई हातहतियार तथा ठूलो परिमाणमा विष्फोटक पदार्थसहित पक्राउ गराएको आरोप विज्ञप्तिमा लगाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष